२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

एउटै गाउँमा कोरोनाकाे लक्षणसहितका दुई दर्जन बढी बिरामी

जुम्लाको तातोपानी गाउँपालिका ६ रावतवाडमा कोरोना लक्षणका दर्जनौ बिरामी भेटिएका छन्। कोरोनासंग मिल्दाजुल्दा लक्षण भएका बिरामी फेला परेको वडाध्यक्ष विशाल खड्काले जानकारी दिए। उनका अनुसार गाउँमा सिकिस्त बिरामी मध्ये २० जनालाई पिसिआर परीक्षणका लागि कोभिड अस्पतालमा पठाइएको छ।  गाउँमा एक सातादेखि बिरामी पर्ने संख्या बढिरहेको छ।  

 बिरामीमा खोकी लाग्ने, टाउको दुख्ने, हाडजोर्नी दुख्ने,ज्वरो आउने, खाना नपच्ने, पातलो दिसा हुने जस्ता लक्षण छन्। वडाध्यक्ष खड्काले भने,‘ गाउँमा बिरामीको संख्या बढ्न थालेपछि वडापालिका निकै संवेदनशील बनेको छ। बिरामीको घरदैलोमा जाने, बिरामी भेट्ने र औषधि उपचार र कोरोना परीक्षणका लागि अस्पताल सम्म लैजाने गरिएको छ। ’

उनले ५५ घरधुरीमा झण्डै ३५ जना बढीमा यो लक्षण देखिएको बताए। वडाध्यक्ष खड्काले थपे,‘पुरै गाउँमा कोरोना लक्षण भएका बिरामी भेटिदा निकै दुखित बनाएको छ। तर बिरामीको उपचारका लागि अहोरात्र खटिरहेका छौँ।’ यो रोगको पहिचान गरेर रोग अनुसारको औषधि प्रदान गरिने उनले बताए।  

गाउँमा १५ जना सिकिस्त, अन्य १५ जना जति सामान्य रहेका छन्। सिकिस्त हुनेमा ४० वर्षका देखि ७० वर्ष समूहका रहेका छन्। केही समयअघि रावतवाडमा काठमाडौँ, सुर्खेत, भोजपुर लगायतका जिल्लाबाट मानिसहरु भित्रिएका थिए।

स्थानीय तहले समयमै ध्यान नदिदाँ उक्त गाउँमा महामारी फैलिँदै गएको स्थानीयले आरोप लगाएका छन्। बिरामीका कारण गाउँमा ५० प्रतिशत घरधुरी प्रभावित भएका छन्। ४६ जनाको नामावली पीसीआर परीक्षणका लागि तयार गरिएकोमा २० जनालाई स्वास्थ्य शाखाको समन्वयमा कोभिड अस्पताल पठाइसकिएको छ। पहिलो चरणमा २० जनाको परीक्षण गरिने र त्यसपछि अवस्था हेरेर अन्य नागरिकहरुको परीक्षण गर्ने वडाध्यक्ष खड्काको भनाई छ।

अहिले रोपाइ चलेको सामान्य निको हुने वित्तिकै रोपाइ गर्न जाने गरेका छन्। पिसिआर पछि कोरोना पोजेटिभ देखिएकालाई गाउँपालिकाले बनाएको आइसोलेसनमा राखेर नियमित निगरानी गरिने वडाध्यक्ष खड्का बताउँछन्।  

पुर्व राज्यमन्त्री स्वास्थ्य सामाग्री लिएर गाउँमा  

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य तथा पुर्व राज्यमन्त्री गोमा कुँवर गौतम स्वास्थ्य सामाग्री लिएर बिरामी ग्रस्त गाउँमा पुगेकी छिन । उनले प्रत्येक घरलाई साबुन र मास्क लिएर दिएकी हुन्।  

गाउँमै थर्मल गन लिएर तापक्रम समेत नाँप्न लगाएकी थिइन्। वडाध्यक्ष खड्काले पुर्व राज्यमन्त्री कुँवर गाउँमै पुगेर बिरामीलाई सहानुभुति दिएको बताउँछन्। उनले भने,‘एकै पटक बिरामीलाई धेरै दिन सकिने अवस्था छैन। बिरामीलाई सहानुभुति र बिरामीको कोरोना परीक्षणका लागि गाउँमै पुगेर पहल थालिरहेका छन्। यो निकै राम्रो पक्ष हो। पुर्वराज्यमन्त्री कुँवर वडाअध्यक्ष विशाल खड्का लगायतको स्वास्थ्यकर्मीको टोलि गाउँमै पुगेको थियो।

प्रकाशित: १८ जेष्ठ २०७८ ०७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App