८ वैशाख २०८१ शनिबार
समाज

ताप्लेजुङमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ११ पुग्यो

ताप्लेजुङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ। मंगलबार मिक्वाखोला गाउँपालिका–२ खोक्लिङकी ८१ वर्षीया वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि मृतक संखया ११ पुगेको हो। जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मंगलबार दिउँसो ४ बजेतिर ति वृद्धाको मृत्यु भएको बताइएको छ।  

वृद्धामा आइतबार गरिएको एन्टिजेन परीक्षण रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ताप्लेजुङकी जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिइन्।

प्रकाशित: १८ जेष्ठ २०७८ १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App