२२ वैशाख २०८१ शनिबार
image/svg+xml

थारू समुदायमा सिकलसेल रोग फैलियाे

थारू समुदायमा रहेको वंशाणुगत रोग सिकलसेल एनिमिया रोकथाम र नियन्त्रण गर्न ध्यान नदिँदा भयावह रूपमा फैलिइरहेको छ।

सिकलसेलको अध्ययन गर्दै डा. नाकामुरा

जापानी नागरिक डा युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न थालेकी छन्।

बाँकेमा सिकलसेल अस्पताल बन्दै

उपचार अभावमा कतिपय सिकलसेल पीडितहरुले ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गरी छुट्टै अस्पताल निमार्ण गर्न थालिएको जनाइएको छ। अस्पताल निमार्णका लागि विभिन्न अगुवाहरुले आर्थिक सहयोग गरिरहेका पनि कार्यक्रममा जानकारी दिइयो।

थालासिमियाले रित्यायो सम्पत्ति

थालासिमिया सिकलसेलकै जस्तो लक्षण देखिने रोग हो। तर सरकारले सिकलसेल बिरामीलाई १ लाख रूपैयाँसम्मको उपचार सेवा निःशुल्क दिने गरेको छ। थालासिमियाका बिरामीलाई भने यो सुविधा छैन।

विवाहअघि नै सिकलसेल जाँच गर्न अनिवार्य

पश्चिम तराईमा सिकलसेल रोगले थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखिएको छ। तर, पछिल्लो समयमा थारु जातिलाई मात्र नभइ अन्य समुदायका मानिसमा यो रोग देखिएको पछिल्लो खोज र अनुसन्धानले पत्ता लागेको छ।

थारु समयुदायमा विकराल बन्दै सिकलसेल

पश्चिम तराईका थारु समुदायलाई वंशानुगत सिकलसेल एनिमिया र थालेसेमिया रोग बढ्दै गएको छ। सिकलसेलबाट सन्तानलाई बचाउनका लागि अनिवार्य रूपमा रगतजाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको हो।

थारु समुदायमा सिकलसेलको प्रकोप

रोगीहरूलाई सरकारले एक लाख रुपैयाँसम्म निःशुल्क उपचारको व्यवस्था गरेपनि त्यतिले उपचार खर्च नपुग्ने र आफूहरुले केही पनि काम गर्न नसक्ने भएकाले  सरकारले भत्ताको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ।

मेसिन बिग्रिँदा सिकलसेल उपचारमा समस्या

पश्चिम तराईमा जटिल समस्याको रूपमा देखिएको सिकलसेल एनेमिया (रक्तअल्पता) उपचारमा समस्या देखिएको छ। नेपालगन्जस्थित भेरी प्रादेशिक अस्पतालमा चार महिनादेखि रक्तअल्पता जाँच गर्ने एचबी इलोक्ट्रोफोरेसिस मेसिन बिग्रिएकाले सो समस्या देखिएको हो।

लुम्बिनी अञ्चल अस्पतालमा ‘सिकलसेल एनिमिया’ प्रभावित भेटिए

लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित २ जना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ।

सिकलसेलको अवस्था भयवह

नेपालको तराई क्षेत्रका थारु समुदायमा बढी केन्द्रीत सिकलसेल एनिमियाबाट भावी पुस्तालाई जोगाउन रोगको परीक्षण, परामर्श र जनचेतनालाई बढाउनुपर्ने स्वास्थ्य क्षेत्रका अनुसन्धानदाता सरकारी संस्था नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ। बर्दियाका थारु समुदायमा सिकलसेलबाट लामो र व्यवस्थित अनुसन्धान गरिरहेको परिषद्ले परीक्षाबाट रोग भए नभएको यकिन भएपछि भावी पुस्तामा रोग सर्न रोक्न काम अगाडी बढाउन सकिने भन्दै सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएको छ। विश्व सिकलसेल एनिमिया दिवस (१९ जुन) को अघिल्लो दिन विज्ञप्ति जारी गर्र्दै परिषद्ले यो रोग लागेपछि निको नहुने र यसबाट बच्ने भएको नयाँ संक्रमण रोक्ने मात्रै विकल्प भएको भन्दै त्यसका लागि प्रयास गर्नुपर्ने जनाएको छ।

भयावह बन्दै ‘सिकलसेल’

सिकलसेल एनिमिया (रक्तअल्पता) पश्चिम नेपालमा देखिएको जटिल रोग हो। विशेषगरी थारू जातिमा सिकलसेल एनिमिया देखिएको छ। नेपालमा १५ वर्षअघि यो रोगका विषयमा परीक्षण गरिएको थियो। चिकित्सकका अनुसार आदिवासी जनजातिमा सिकलसेल एनिमिया रोगका लक्षण धेरै देखिने गरेका छन्।

सिकलसेल परीक्षणमा घरघरमा डाक्टर

अघिपछि स्वास्थ्यकर्मीको मुख देख्न मुस्किल पर्ने बारबर्दियामा थारु बस्तीमा यतिबेला चिकित्सक र स्वास्थ्यकर्मीको चहलपलह बढेको छ। सेता कोट (एप्रोन)लगाएका मानिसहरु घरघरै पुग्छन्। उनीहरु थारु समुदायमा व्याप्त जटिल रोग सिकलसेन एनिमियाबारे परामर्श र जाँचका लागि कुरा बुझाउँन घरघर पुगेका हुन्।

सिकलसेल एनिमियाका कारण तीन जनाको मृत्यु

यहाँ सिकलसेल एनिमिया रोगका कारण तीन जनाको ज्यान गएको छ । नियमित उपचार गराइरहेका तीन जनाको ज्यान गएको जिल्लाका स्वास्थ्य संस्थाले जानकारी दिएका छन् । जिल्लामा ९८ जनाले नियमित उपचार गराइरहेका छन् ।

घरबार डुबाउँदै सिकलसेल

बाबुरामले पनि आफू र छोरीको उपचारमा लाखौं रुपैयाँ खर्च गरेका छन् । जग्गा बेचेर उपचार गर्दागर्दै उनको परिवार सुकुम्बासी जस्तै बनेको छ । ‘एकातिर भएको जग्गा सकियो, अर्कोतिर रोग निको भएन’, पीडामिश्रित स्वरमा उनले भने, ‘सिकलसेलले घर न घाटको बनायो ।’

सिकलसेल एनिमियाले थलिँदै थारु समुदाय

बर्दिया, पाताभारका सिकलसेल एनिमियाका बिरामी कालुराम थारुलाई परिवारले भदौ २६ गते नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल पुर्‍याए। दिउँसो २ बजे अस्पताल पुगेका उनलाई सात घन्टापछि सन्चो नहुने भन्दै काठमाडौं रिफर गरियो। काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेको भोलिपल्टै उनको मृत्यु भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्