coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

बाँकेमा सिकलसेल अस्पताल बन्दै

जानकी गाउँपालिका वडा नम्बर ३ मा सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र निर्माण हुने भएको छ। थारु स्वास्थ्यकर्मीहरु मिलेर अस्पताल तथा अनुसन्धान केन्द्र निर्माणमा जुटेका हुन्।

बिहीबार नेपाल सरकारका सहरी विकासमन्त्री मेटमणि चौधरीले एक कार्यक्रमका बीच उक्त अस्पतालको शिलान्यास गरे। मन्त्री चोधरीले सिकलसेल अस्पतालको भवन निमार्णका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

उपचार अभावमा कतिपय सिकलसेल पीडितहरुले ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गरी छुट्टै अस्पताल निमार्ण गर्न थालिएको जनाइएको छ। अस्पताल निमार्णका लागि विभिन्न अगुवाहरुले आर्थिक सहयोग गरिरहेका पनि कार्यक्रममा जानकारी दिइयो।

भेरी अस्पतालको निरीक्षण

सहरी विकासमन्त्री चौधरीले नेपालगन्जस्थित भेरी अस्पतालको नवनिर्मित भवनको निर्माण कार्य तीन महिनामा काम सक्न निर्देशन दिएका छन्। बिहीबार निरीक्षण अस्पताल पुगेका मन्त्री चौधरीले उक्त निर्देशन दिएपछि निर्माण व्यवसायीले पनि तीन महिनाभित्रै काम सक्ने प्रतिबद्धता जनाएका छन्।

मन्त्री चौधरीलाई अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा. वद्री चापागाईंले स्वागत गर्दै अस्पतालका सेवा र समस्याबारे अवगत ब्रिफिङ गरेका थिए।

प्रकाशित: २४ भाद्र २०७९ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App