किसानको गाँस खोस्दै सलह
गेरुवा गाउँपालिका–१ का बगहिका ५४ वर्षिय कुलापानी चौधरी घनश्याम थारुको तीन दिन अघिदेखि रात दिन खेतमा बास छ ।
गेरुवा गाउँपालिका–१ का बगहिका ५४ वर्षिय कुलापानी चौधरी घनश्याम थारुको तीन दिन अघिदेखि रात दिन खेतमा बास छ ।
सरकारले ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित सोमबार राष्ट्रिय धान दिवस मनाउने तयारी गरिरहँदा यो वर्ष ११ महिनामा करिब ३१ अर्ब रुपैयाँको चामल आयात भएको छ। कुनै बेला चामल निर्यात गर्ने नेपालमा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुन नसक्दा बर्सेनि धान, चामल आयात बढिरहेको छ।
गण्डकी प्रदेशका कास्कीसहित विभिन्न जिल्लामा सलह किरा देखिएपछि म्याग्दीका किसानलाई आवश्यक तयारी थालेका छन् । मानो छरेर मुरी उमार्ने सिजनमा धान रोपाईमा ब्यस्त रहेका किसानले एक्कासी पहिलोपटक सलह किरा तराई हुदै पहाडी जिल्लामा भित्रिएपछि आवश्यक सावधनीका लागि तयारी सुरू गरेका हुन् ।
सर्लाही जिल्लाका किसानले आलुको उचित मूल्य नपाएको गुनासो गरेका छन्।
सरकारले उन्नत जातको बीउ प्रयोग गरेर कृषि उत्पादन वृद्धि गर्ने बताइरहँदा किसानले भने अहिले पनि ४७ वर्ष पुरानो धानको बीउ प्रयोग गरिरहेका छन्। तराईका अधिकांश जिल्लाका लगाइने मन्सुली जातको धान ४७ वर्ष पुरानो हो। यो धान कृषि अनुसन्धान परिषद् (नार्क) ले २०३० सालमा उन्मोचन गरेर सिफारिस गरेको थियो।
मनसुन चाँडै भित्रनु र सिँचाइ सुविधा पनि विस्तार गरिएका कारण विगतका वर्षभन्दा यस वर्ष चाँडै रोपाइँ सुरु भयो । अघिल्लो वर्ष असार १५ गतेसम्म २२ प्रतिशत रोपाइँ भएको सुदूरपश्चिम प्रदेशमा यस वर्ष भने चाँडै मनसुन भित्रिएसँगै असार पहिलो सातासम्म २२ दशमलव १६ प्रतिशत रोपाइँ भएको छ ।
झन्झटिलो अनुदान कार्यक्रम अन्त्य गर्दै स्थानीय तहको साझेदारीमा किसानकै खातामा अनुदानको रकम उपलब्ध गराउने व्यवस्था।
मसला बाली विकास कार्यक्रमका प्रमुख युवराज पाण्डेय भने पछिल्लो समय अदुवा, बेसार लगायत मसला बालीमा आकर्षण बढ्दै गएकाले तीनै तहका सरकारले यसलाई प्राथमिकता दिएको बताउँछन्।
असार लागेसँगै धान रोपाईंको चटारो बढ्दै जाँदा किसान रासायनिक मल विहिन अवस्थामा पुगेका छन् । आवश्यक रासायनिक मल व्यवस्थापनमा काम गर्दै आएका सरकारी निकायले नै माग अनुसार मल उपलब्ध गराउन सक्ने अवस्थामा नभएपछि यस पटक शुरु देखी नै मल अभाव हुन थालेको हो ।
कतिपय किसानका बारीमा लसुन फल्छ, मूल्य पाउँदैन। तर रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१० चौखावाङका किसानलाई भने लसुनका लागि बजारको चिन्ता छैन। पैसाको बिटो बोकेर आउने ठेकेदारले गाउँबाटै लसुन उठाएर लैजाने गरेका छन्।
झन्झटिलो अनुदानका कार्यक्रमको अन्त्य गर्दै स्थानीय तहको साझेदारितामा किसानकै खातामा अनुदानको रकम उपलब्ध गराउने व्यवस्था
प्रशोधन उद्योगहरूले हरियोपत्तीको मूल्यमा ‘मनलाग्दी’ गरेको भन्दै आन्दोलनरत चिया किसान संगठित हुन थालेका छन् । उद्योगहरूले हरियोपत्तीमा लागत नै नउठ्नेखालको मूल्य कायम गरेपछि किसान संघर्षका लागि एकजुट भएका हुन् ।
किसान महावीर माहराले विगत दुई हप्तादेखि धान बालीको लागि चाहिने युरिया, डिएपी मलको खोजीमा छन्। डेढ बिघा धान खेती गर्नको लागि तत्कालै अवश्यक रहेको एक क्विन्टल डिएपी र एक क्विन्टल किन्न नपाएको महावीर माहराको गुनासो छ।
नेवार समुदायमा देखिने अर्को रौनक खेतका आलीमा लहरै बसेर खाने रोपाइँ भोज पनि हो । आलीको डिलमा बसेर आलुको अचार र पेय पदार्थ खाँदा होस् या मासु–चिउरासँग अइला खाँदा वातावरणमा छुट्टै रौनक हुन्छ ।
वर्षायाम शुरु भएसँगै धान खेतीका लागि रासायनिक मल नपाउँदा मलको खोजीमै किसानको दैनिकी बित्न थालेको छ।