coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सलह आए धपाउने तयारीमा म्याग्दीका किसान

गण्डकी प्रदेशका कास्कीसहित विभिन्न जिल्लामा सलह किरा देखिएपछि म्याग्दीका किसानलाई आवश्यक तयारी थालेका छन् । मानो छरेर मुरी उमार्ने सिजनमा धान रोपाईमा ब्यस्त रहेका किसानले एक्कासी पहिलोपटक सलह किरा तराई हुदै पहाडी जिल्लामा भित्रिएपछि आवश्यक सावधनीका लागि तयारी सुरू गरेका हुन् ।

कृषि ज्ञान केन्द्रमार्फत सलह प्रवेश गरेमा नष्ट गर्न आवश्यक जानकारी गराइएको ज्ञान केन्द्र म्याग्दीमा प्रमुख गोविन्दराज कोइरालले बताए । ‘उच्च सर्तकता आवश्यक छ, तत्काल समुह बनाएरै नष्ट गर्न अनुरोध गरेका छौ,‘रोपेको धानखेती नष्ट गर्न सक्ने भएकाले देख्दा वित्तिकै धपाउने विधिका बारेमा समेत जानकारी गराइसकिएको छ’ कोइरालाले भने। फट्याग्रा जातको किरा हुल सहल देखिएमा धुँवा लगाउने, ध्वनी जस्तो थाल, टिन, ड्रम तथा बाइक र गाडीको हर्नको प्रयोग गर्ने गर्न सकिने बताए ।  

त्यस्तै जालिको प्रयोग गरि किरा छोपेर पशुपक्षींको दानाको रुपमा प्रयोग गर्ने, लामो रसिलाइ खेत बारीको दुइ छेउबाट दुइजनाले तानेर बोटहरु हल्लाइदिने गर्नाले कीरालाई बालीनालिमा बस्नबाट रोक्न सकिने भएकाले सतर्कता र पूर्व तयारी आवश्यक रहेको बताए । धमाधम धान रोपाई सुरु भएकाले धान वा अन्य वालिको ब्याड वा नर्सरी छ भने प्लाष्टिक वा झुलले छोपेर राख्न समेत स्थानीय तह मार्फत अनुरोध गरिएको छ ।  

केही दिन सलहको त्रास र जोखिम हुने भएकाले राती बास बसेको देखियो भने विहानको ९ बजे अगाडी वा सलह उड्नु अगाडी नै नष्ट गर्नुपर्ने ज्ञान केन्द्रले जनाएको छ । रातको समयमा सलहले खेतीपातीमा नष्ट नगर्ने भएकाले रातको समयमा बासस्थानको पहिचान गर्न सकेमा नष्ट गर्न सजिलो हुने कृषिका जानकारको भनाई छ । 

यो समयमा जिल्लाभित्र सलह प्रवेश गरेमा भर्खरै रोपेको धान खेती सखाप पार्ने भएकाले रोप्ने तयारीमा ब्याडमा रहेको विउलाई संरक्षण गर्न सकेमा वा रोपिसकेको स्थानमा आवश्यक सावधानी अपाउना आवश्यक तयारीमा रहेको किसानले बताएका छन् । सलह देखिएको क्षेत्र आसपासमा समूह बनाएर नष्ट गर्ने, धपाउने कार्यलाई तीव्रता दिने कृषकको भनाई छ ।  

 

प्रकाशित: १४ असार २०७७ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App