८ वैशाख २०८१ शनिबार

चीनको युनान पुग्यो सलह

चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

सलह प्रतिकिलो २५ रुपैयाँमा खरिद गर्ने नगरपालिकाको निर्णय

सुर्खेतको लेकवेशी नगरपालिकाले कृषकबाट सलह किरा खरिद गर्ने निर्णय गरेको छ ।

थाल ठटाएरै भगाए सलह

भारतको खिरी जिल्लास्थित दुधुवा नेसनल पार्क भएर कञ्चनपुर भित्रिएको सलहको झुण्ड तीन दुई दिनपछि महाकाली पार गर्दै भारत फर्किएको छ ।

सलह किरा मार्नेलाई गाउँपालिकाको दुई सय पुरस्कार

जुम्लाको पातारासी गाउँपालिकाले सलह किरा मारेर ल्याउनेलाई पुरस्कृत गर्ने भएको छ । सलह मारेर गाउँपालिकाको कृषि शाखामा ल्याउने किसानलाई प्रतिकेजी दुई सय रुपैयाँ पुरस्कार स्वरुप उपलब्ध गराउने निर्णय गरिएको हो । गाउँ कार्यपालिका बैठकले सलह नियन्त्रणका लागि किसानलाई सक्रिय हुन आग्रह गरिरहेको कृषि विकास शाखा संयोजक रुपक बुढा बताउँछन् ।

सलहको अर्को झुण्ड नेपालमा

सलहको अर्को झुण्ड नेपाल प्रवेश गरेको छ। आइतबार बिहान ९ः३० बजे भारतको उत्तर प्रदेशका सीतापुर र बहराइच क्षेत्रमा रहेका सलहका झुण्डमध्ये एउटा नेपाल प्रवेश गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ।

फेरी भित्रियो सलह

सलहको झुण्ड फेरी नेपाल प्रवेश गरेको छ । आइतबार बिहान साढे नौ बजे भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डहरु मध्ये एउटा भुण्ड नेपाल प्रवेश गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

जुम्ला पुग्यो सलह

जुम्लाको पातारासी गाउँपालिकामा सहल पुगेको छ । छिमेकी जिल्ला रुकुम र जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हो ।

सलह किन्न पाँच लाख बजेट

झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए।

इलाममा पनि देखियो सलह

कृषिबाली नष्ट गर्ने सलह कीराको झुन्ड इलाममा पनि देखिएको छ। भारतीय सीमावर्ती सूर्याेदय नगरपालिका–१, तल्लो धजेमा बिहीबार दिउँसो सलह आइपुगेको हो। स्थानीय किसानका अनुसार बिहान १० बजेतिर किसान मेलामा निस्किँदा चिया, इस्कुस र मकैको बोटमा सलह कीरा देखिएको हो।

टोखाले सलह मार्नेलाई प्रतिकिलो ५० रुपैयाँ प्रोत्साहन भत्ता दिने

टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो ५० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ।

बैतडीमा पनि देखियो सलह

बैतडीमा पनि सलह किरा भेटिएको छ । पाटनका विभिन्न क्षेत्रमा सलह किरा देखिएको हो । केही दिन अघि नेपाल भित्रिएको सलह किरा पहाडी क्षेत्रमा उक्लिएसँगै बैतडीमा पनि देखिएको छ । मंगलबार पाटन नगरपालिका–१० को ठाँटामा सलह किरा देखिएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए ।

काठमाडौंमा देखापरेको सलहको झुन्ड कति ठूलो हाे?

गत शनिबार रूपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह मंगलबार काठमाडौंमा पनि देखिएका हुन्।

आजदेखि पूर्वी हावा चल्ने, सलहले दिशा परिवर्तन गर्ने सम्भावना

बुलेटिनअनुसार नेपालमा विगत ३-४ दिनदेखि मनसुनको अरेबियन शाखाबाट वहने पश्चिमीरदक्षिण-पश्चिमी वायुको प्रभाव रहेकामा हाल सतहमा पूर्वी-दक्षिण पूर्वी वायुको प्रभाव छ। यो क्रम कम्तीमा आगामी तीन दिनसम्म जारी रहने महाशाखाले जनाएको छ।

सुर्खेतमा पनि सलह

तराईबाट नेपालमा प्रवेश गरेको सलह सुर्खेतमा पनि पुगेको छ । मंगलबार बिहान कृषि अनुसन्धान केन्द्र दशरथपुरमा सलह देखिएको हो ।

दाङमा भित्रियो सलहको ठूलो झुण्ड

दाङमा सलहको ठूलो समुह प्रवेश गरेको छ । मंगलबार दाङको देउखुरी क्षेत्रबाट घोराही क्षेत्रमा ठूलो संख्यामा सलह प्रवेश गरेको हो । घोराही क्षेत्रको आकाशमा मंगलबार दिउँसो ठूलो संख्यामा रहेको सलहको झुण्ड घन्टौं सम्म उडेको थियो । आकाशमा उडेको सलह घोराहीबाट उत्तर पश्चिम क्षेत्रमा गएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्