उदयपुरमा पनि देखियो सलह
देशका बिभिन्न ठाउँमा अन्न बाली क्षति गर्दै आएको सलह किरा उदयपुरमा पनि देखा परेको छ । पछिल्लो ३/४ दिनयता उदयपुरका बिभिन्न गाँउ तथा नगरपालिकामा सलह किरा देखा परेपछि त्यसबाट बँच्ने उपायबारे सचेत गराउन थालिएको छ ।
देशका बिभिन्न ठाउँमा अन्न बाली क्षति गर्दै आएको सलह किरा उदयपुरमा पनि देखा परेको छ । पछिल्लो ३/४ दिनयता उदयपुरका बिभिन्न गाँउ तथा नगरपालिकामा सलह किरा देखा परेपछि त्यसबाट बँच्ने उपायबारे सचेत गराउन थालिएको छ ।
जिल्लाको पश्चिम क्षेत्रमा समेत सहल किराको बथान देखिएको छ । छिमेकी जिल्ला पर्वतका विभिन्न स्थानमा देखिएको सलह मंगलबार विहान सदरमुकाम बेनी आसपासमा फाटफुट देखिएपनि मंगला गाउँपालिका–२ रनवाङ आसपासका क्षेत्रको धानखेतमा देखिएको स्थानीय श्रीराम पौडेलले बताए ।
कृषिविज्ञ मदन राईले प्रतिकिलो १०० रुपैयाँमा सलह खरिद गर्ने घोषणा गरेका छन्। भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो १०० रुपैयाँमा खरिद गर्ने बताएका हुन्।
सलह फट्यांग्राको प्रवेशसँगै प्रदेश २ सरकारले नियन्त्रणात्मक र अनुसन्धानात्मक कार्य अघि बढाएको छ। सलह अहिले थोरै संख्यामा भएकाले धेरै आत्तिनुपर्ने अवस्था नरहेको विज्ञहरूले बताएका छन्।
राष्ट्रिय धान दिवसको कार्यक्रम उद्घाटन गर्न सिन्धुली पुगेका कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सलह भगाउन ‘मेटल म्युजिक’ बजाउन सकिने तरिका सुझाए। ‘हेभी मेटल म्युजिक बजेपछि जहाँको त्यही कक्रक्क हुँदो रहेछ,’ अस्ट्रेलिया बस्ने भाइले सिकाएको उपाय सापटी लिएको बताउँदै उनले थपे, ‘सलह जहिले आउला त्यसैबेला गरौंला भन्ने पनि थियो तर केही सूचना संकलन गर्ने काम पनि भएको थियो।’
आईतवार साँझ कपिलवस्तुका बिभिन्न पालिकामा देखिएका करौडौ संख्याको झुन्डका सलहले जिल्लाका बिभिन्न पालिका रहेका धान बाली, तरकारी, मकै लगायतका बालीनाली सखाप पारेका छन् ।
प्रदेश न. ५ मा फेरी भारत हुँदै पहिलेको भन्दा ठूलो संख्यामा सलहको झुन्ड छिरेको छ । रुपन्देही र कपिलवस्तुमा भारत हुँदै बाक्लो मात्रामा सोमबार दिउँसोदेखि सलह आएको स्थानीयहरूले बताएका छन् । पहिलेको भन्दा बाक्लो झुन्ड आकाशमा देखिएको स्थानीयलाई उदृत गर्दै कार्यदलका संयोजक एंव बरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले बताईन ।
कृषि मन्त्री घनश्याम भुसालले सलह किरादेखि नआत्तिन किसानलाई अनुरोध गरेका छन् । सलह किरा प्रबेश गर्नेवित्तिकै आत्तिनुपर्ने अवस्था आएको छैन, उनले भने, सतर्क र सचेत रहनुपर्छ तर आत्तिनु हुदैन ।
खेती लगाउने बेला शनिबार एकाएक सलहको बथान जिल्ला पसेपछि आत्तीएका किसानलाई आइतबारको मौसमले केही राहत दियो ।
गण्डकी प्रदेशका कास्कीसहित विभिन्न जिल्लामा सलह किरा देखिएपछि म्याग्दीका किसानलाई आवश्यक तयारी थालेका छन् । मानो छरेर मुरी उमार्ने सिजनमा धान रोपाईमा ब्यस्त रहेका किसानले एक्कासी पहिलोपटक सलह किरा तराई हुदै पहाडी जिल्लामा भित्रिएपछि आवश्यक सावधनीका लागि तयारी सुरू गरेका हुन् ।
भारतबाट तराई प्रवेश गरेको सलह किरा खोटाङका विभिन्न स्थानमा पनि देखिएको छ। ठूलो समूहमा उँडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा फाट्ट–फुट्ट मात्रामा देखिएको हो।
बाराबाट शनिबार प्रवेश गरेको सलह किरा नेपालमा एक महिनासम्म रहन सक्ने विज्ञहरुले प्रक्षेपण गरेका छन् । वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह एक महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डा. डिल्लीराम शर्माले बताए ।
सलह जातको फट्यांग्रा भारत हुँदै बारा र सर्लाही जिल्लामा प्रवेश गरेसँगै प्रदेश २ सरकारले नियन्त्रणका लागि प्रयास अघि बढाएको छ। प्रदेश सरकार संघीय सरकारसँग समन्वय गरेर सलह नियन्त्रण कार्य अघि बढाएको हो।
सरकारले गठन गरेको प्राविधिक समितिले यो वर्ष नेपालमा सलह नआउने निष्कर्षसहितको प्रतिवेदन बुझाएका थियो। तर एकाएक सलह आएपछि त्यो प्रतिवेदनले फेल खाएको छ।