१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

वाराका किसानले पाएनन् युरिया मल

किसान महावीर माहराले विगत दुई हप्तादेखि धान बालीको लागि चाहिने युरिया, डिएपी मलको खोजीमा छन्। डेढ बिघा धान खेती गर्नको लागि तत्कालै अवश्यक रहेको एक क्विन्टल डिएपी र एक क्विन्टल किन्न नपाएको महावीर माहराको गुनासो छ। खेतमा धान रोपाई गर्नु भन्दा पहिला नै मलको ब्यवस्था गर्न सोचे पनि गाउँ देखि कलैयामा रहेका मल बिक्री गर्ने पसलहरुमा धाउँदा समेत मल सजिलोसंग पाउन नसकेको उनले बताए।  

कुनै पसलमा युरिया, डिएपी रहे पनि पसल सञ्चालकहरुले त्यसलाई वास्तविक मूल्य भन्दा प्रत्येक क्विन्टर हजार रुपैया सम्म थपेर महँगोमा  बिक्री गर्ने गरे पछि आफुसँग महँगोमा मल खरिद गर्न रकमको अभाव रहेको उनले सुनाए छ।

कृषि सामग्री कम्पनी लिमिटेडले डिएपी प्रति क्विन्टल ४३ सय २०, यूरिया प्रति क्विन्टल १४ सय २० मा किसानको लागि बिक्री गरे पनि किसानहरुले अहिले सजिलो तरिकाले किन्न पाउन नसकेको अवस्था रहेको छ।

जिल्लामा ६४ हजार हेक्टर क्षेत्रफल खेती योग्य जग्गा रहेको कृषि ज्ञान केन्द्र कलैया बाराले जनाएको छ। खेती क्षेत्रफल बढी रहे पनि सरकारले नै आवश्यकता भन्दा कम  जिल्लामा मलको कोटा कायम गरेको कारणले किसानहरुलाई आवश्यक अनुसारको मलको आपूर्ति गर्न नसकिएको कृषि सामग्री कम्पनी लिमिटेडले कलैया, बाराले जनाएको छ।

जिल्लामा आठ हजार मेट्रिय टन डिएपी, ११ हजार मेट्रिय टन युरिया र पाँच सय मेट्रिक टन पोटासको खपत गरिदै आए पनि सरकारले तीन हजार मेट्रिय टन डिएपी, पाँच  हजार मेट्रिय टन युरिया र दुई सय मेट्रिक टन पोटासको कोटा मात्रै निर्धारण गरेकोले धान खेतीको लागि मल अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेडले कलैया, बाराका प्रमुख सीताराम श्रेष्ठले बताएका छन्।

खपतको आधा भन्दा कम कोटा निर्धारण गरेर मल बिक्री वितरण गर्नको लागि दिए पछि किसानहरु अवश्यकता अनुसार मल पाउँन नसकेको उनले स्विकारे । बाराको लागि निर्धारण गरिएको कोटा भन्दा बढी नै मल बैशाख सम्ममा खपत गरिएको र धान बालीको लागि किसानलाई चाहिने मलको व्यवस्थान गर्नमा लागिएको श्रेष्ठले बताए।

धान बालीको लागि अहिले पाँच सय टन डिएपी, पाँच सय टन युरिया र ७० मेट्रिक टन पोटानको आवश्यकता रहेको र अवश्यकता अनुसारको मल उपल्बध गराई दिनको लागि माथिले निकायमा पहल गरेको श्रेष्ठको भनाई छ।

माथिलो निकायमा पहल गर्दा बेला बेलामा युरिया र डिएपी आउँदा किसानहरुलाई विक्री गर्नको लागि सहकारी संस्थाहरुलाई दिने गरिएको अवस्था रहेको उनले बताए। लकडाउनको कारणले गर्दा भारतबाट अवैध रूपमा भित्रिने मल भित्रिन नपाएको कारणले गर्दा समेत धान बालीको लागि मलको चरम अभाव भएको छ।

पहिला कृषि समाग्री कम्पनी लिमिटेडबाट महँगोमा मल खरिद गर्नु भन्दा किसानहरुले भारतबाट भित्रियाइएको अवैध मलहरु सस्तोमा खरिद गरि खेतमा हाल्ने गर्दा मलको अभाव हुदैन्थ्यो।

अहिले भारतबाट मल भित्रिन नसकिने अवस्था आए पनि सबै किसानहरुले कृषि समाग्री कम्पनी लिमिटेडले आयात गरेको मल माथि नै आश्रित हुँदा माग धेरै बढेको र आपूर्ति कम देखिएको छ।  

धान बालीको  लागि चाहिने  आवश्यक मलको समयमै व्यवस्थापन गर्न नसकिदा किसानहरुले खेतमा रोपाई गरेको धानको उत्पादनमा समेत कमी आउने डर रहेको छ। फोटोः धान बालीमा मल छर्दै  किसान।

प्रकाशित: २ असार २०७७ ११:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App