coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

छुपुमा छुपु...

भक्तपुरमा रोपाइँ

असार लागेसँगै भक्तपुरका फाँटमा रोपाईको रौनक बढेको छ । यहाँका अधिकांश किसान धान रोपाइँमा व्यस्त भएका छन् । पुरुषहरू बाउसेमा व्यस्त छन भने महिलाहरू धान रोप्नमा ।  

जात्राका बेला शहरका चोक र गल्लीमा रमाउने यहाँका सर्वसाधारण अहिले खेतमा रमाइलो गर्दैछन् । कोरोना भाइरसका कारण यसपाला बिस्केट लगायतका जात्रामा रमाउन नपाएका उनीहरू रोपाइँमा मस्त छन् ।  

‘खेती गर्दा पनि जात्राजस्तै लाग्छ,’ स्थानीय रामकृष्ण प्रजापतिले भने, ‘रोपाइँमा पनि हामी रमाइलो गर्छौं ।’ मन लगाएर समर्पित भए सबै काम रमाइलो हुने उनको अनुभव छ ।  

‘हामी खेतीपाती र जात्रा दुवैमा रमाउँछाँै’, उनले भने, ‘खेती सप्रेपछि जात्रा पनि रमाइलो हुन्छ ।’  

खेतमा महिला तथा बालबालिकाको पनि जमघट हुन्छ । ‘पसिना बगाएर आलीमा बसेर आलुचिउरा खानुको रमाइलो बेग्लै हुन्छ,’ उनले भने, ‘शरीरमा थकान त हुन्छ तर मनभरि खुसी भरिएको हुन्छ ।’  

अचेल पानी तथा मलको अभावले खेतीमा समस्या पर्न थालेको उनले सुनाए । संस्कृतिविद् तेजेश्वरबाबु ग्वगं पनि भक्तपुरको अर्थतन्त्र खेतीमा आधारित रहेको बताउँछन् ।  

‘खेतीको सिजनमा किसान उत्सवजस्तै रमाइलो गर्छन’, उनले भने, ‘खेती लगाएपछि फेरि जात्रामा  रमाउँछन् ।’    

भक्तपुरको करीब ११ हजार हेक्टर खेतीयोग्य जमीनमध्ये चार हजारमा धानखेती  गरिने जिल्ला कृषि कार्यालयले जनाएको छ । यहाँ वार्षिक २५ हजार मेट्रिक टन धान उत्पादन हुन्छ ।  

नेवार समुदायमा देखिने अर्को रौनक खेतका आलीमा लहरै बसेर खाने रोपाइँ भोज पनि हो । आलीको डिलमा बसेर अटल‐आलुको अचार र पेय पदार्थ)खाँदा होस् या मासु–चिउरासँग अइला खाँदा वातावरणमा छुट्टै रौनक हुन्छ ।    

प्रकाशित: १ असार २०७७ १०:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App