८ वैशाख २०८१ शनिबार

गुल्मीमा चैते धान : घट्दै राेपाइँ

असार र साउनलाई धान रोप्ने महिना भनेर चिनिन्छ। ‘मानो रोपेर मुरी फलाउने’ भनाइले असार र साउनलाई इंगित गरे पनि माघ र चैतमा समेत धान रोप्ने गरिन्छ।

धान खेतमा सुनिँदैन असारे गीत, बरु बन्छ टिकटक

विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे। एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मअर्प) प्रथामा रोपाइँ गर्थे।

असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिबद्ध छ: मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

निजी अस्पताल तथा मेडिकल हलहरूलाई स्वीकृतिका लागि असार मसान्त सम्मको समय

स्वीकृति नलिई सञ्चालनमा रहेका ताप्लेजुङका निजी अस्पताल तथा मेडिकल हलहरूलाई जिल्ला अनुगमन समितिले चालू आर्थिक वर्ष भित्रै स्वीकृति लिई सक्न निर्देशन दिएको छ। त्यो भनेको यहीँ असार मसान्त सम्मको अवधि हो।

असार १५-धान दिवस: नेतालाई रमाइलो, किसानलाई पिरलाे

चितवनमा शुक्रबार शीर्ष नेताहरू धान रोप्न व्यस्त रहें। बिहानको शीतलतासँगै उनीहरूमा छुट्टै उत्साह थियो। धान दिवसलाई प्राथमिकतामा राखेर पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र बाबुराम भट्टराई तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने रोपाइँका लागि चितवन आएका थिए।

पुँजीगत बजेट एक तिहाइभन्दा बढी असारमै भुक्तानी

महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणले पनि चालु आवको असार १३ गतेसम्मको अवधिमा पुँजीगत खर्च ४२.८७ प्रतिशत भएको छ।

असार २३ देखि भलिबल लिग

सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग आगामी असार तेस्रो सातादेखि सुरु हुने भएको छ।

जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार

संघीय सरकारले आयोजनाको ठेक्का सम्झौता गरेकाले निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा सडक जीर्ण बन्दै गएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदी बताउँछन्।

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले खन्न रोक लगाइएको कार्यालयले निर्देशन दिएको छ।

युथ ओपन फाइभ के रन असारमा

एथलेटिक्स परिवार नेपालको आयोजनामा असारको पहिलो साता युथ ओपन फाइभ के रन हुने भएको छ। एथलेटिक्सका युवा खेलाडीलाई प्रवद्र्धन गर्ने उद्धेश्यका साथ दशरथ रंगशालामा असार २ गते प्रतियोगिता हुने आयोजकका अध्यक्ष राजन खत्रीले जनाएका छन्।

असार १ गतेदेखि बसपार्क बाहिरबाट सवारीसाधन सञ्चालन गर्न नपाइने

काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि बसपार्क बाहिरबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न नदिने भएको छ।

प्रकाश दाहाल स्मृति बक्सिङ असारमा

प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता असार तेस्रो साता हुने भएको छ।अखिल नेपाल खेलकुद संघको आयोजनामा असार १७ देखि २० गतेसम्म काठमाडौंको बुढानीलकण्ठमा तेस्रो संस्करणको प्रतियोगिता आयोजना गर्न लागिएको हो।

असारे विकास: आफ्नै धुनमा स्थानीय तह

असारे विकासको नमुना चोकचोकमा टोलटोलमा देख्न सकिन्छ। स्थानीय तहका सयौं योजना अनि अन्य विकासे कार्यालयका सानाठुला थप दर्जनौं योजनाका कारण जिल्लाजिल्लामा रहेका डोजरले बिसाउन पाएका छैनन् भने कागज र बिल मिलाउन पनि भ्याई-नभ्याई छ।

रोपाइँमा नेताको नौटंकी

दुई दिनअघि असार १५ मा धान दिवस मनाइयो। कृषिप्रधान मुलुक भएकाले नेपालमा धान रोप्न प्रोत्साहित गर्ने उद्देश्यले यो दिवसको महत्व अन्यत्रभन्दा बढी नै छ हाम्रा लागि। त्यसैले आर्थिक मेरुदण्ड नै कृषि भएको मुलुकमा यस्ता दिवसको औचित्य झनै बढी हुनेमा शंका छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्