४ वैशाख २०८१ मंगलबार
समाज

किसानको गाँस खोस्दै सलह

खेतमा सलह मार्न खटिएका किसान । तस्बिर : निर्मल घिमिरे

गेरुवा गाउँपालिका–१ का बगहिका ५४ वर्षिय कुलापानी चौधरी घनश्याम थारुको तीन दिन अघिदेखि रात दिन खेतमा बास छ । उनले साढे २ बिगाहामा धान खेती लगाएका छन् । तर, सलहको प्रकोप बढ्दै गएको अवस्था देख्दा उनी निराश छन् ।  

सलहको प्रकोप बढ्दै गएपछि नियन्त्रणका लागि समूहमा रात दिन खेत पुग्ने गर्छन् । किरा भगाउँछन् । किराको प्रकोप बढ्दै जाँदा उनको परिवारमा चिन्ताको बादल मडारिरहेको छ ।  

बिभिन्न उपाय निकाले सलह भगाउँन तल्लिन भएका उनलाई गाउँलेको साथ छ । थाल ठटााउँने,धुवा बाल्ने र मानिसहरुले समुहमा लखटेर सलहलाई मार्न थालेका उनले सुनाए ।

‘जिन्दगि भर खेती गरियो,भुन्ड किरा आउँने गरेको थाहा थिएन,’उनले भने,‘यो किराले धान स्हार्न दिन्न जस्तो छ,हाम्रो गास खोस्न आएको होला ? ’ तीन दिन अघि सम्म छिटफुट रुपमा देखिएको सलह (फट्यांग्रा) झुण्ड बढदै गईरहेको पाईएको छ ।  

गेरुवा गाउँपालिका–१ को जनकनगर,बघिपुर र थापापुरमा सलहले बिस्तार गर्दे गईरहेको पाईएको हो । पछिल्लो समय बढैयाताल गाउँपालिकामा केहि ठाउँमा भेटिएको किसान बताउँछन् ।

जंगलमा आएका सलह धान बालिमा प्रबेश गरेको स्थानीयले बताए । जंगलमा सलहको ठूलो झुण्ड भएको गेरुवा बगहिपुरका किसान बल बहादुर थारुले बताए । ‘खेतको छेउँछाउँमा जंगल छ,’उनले भने,‘केहि दिन अघिदेखि जंगलमा प्रशस्त देखिएका झुन्ड धान खेतमा प्रबेश गरेका हुन ।’ त्यस क्षेत्रको जंगल बर्दिया निकुञ्जसँग जोडिएको छ ।

सलहको झुण्ड दिन प्रतिदिन दिन बढ्दै गएको उनले सुनाए । किसानले सलह नियन्त्रणका लागि खेतमा पानी सिँचाइ गरिरहेका छन् ।एक बिहान मात्र २० किलो सलह मार्ने गरेको उनले बताए ।‘खेतमा पानी भएकाले ठूलो नोक्सान सलहले गर्न सकेको छैन,’उनले भने,‘पानीमा खुट्टा गड्दा मार्न सजिलो भएको छ ।’ आधा किलो मिटरसम्म उडेर जाने भएकाले सलह मार्न गाउँले नै खटिदा ठूलो जनशक्ति खर्च भईरहेको उनको भनाई छ ।  

सलहको ठूलो झुन्डले केही ठाउँमा बालीनालीमा क्षति पुर्‍याएकोे कृषि ज्ञान केन्द्र बाँकेका सागर ढकालले बताए ।सलहको झुन्डले जनकनगर आसपासमा क्षेत्रमा धानको बीउ र रोपेको धान बालीमा क्षति गरेको प्रारम्भिक जानकारी आएको छ । अहिले प्राविधिकलाई फिल्डमा पठाएर क्षतिको विवरण संकलन गर्न थालिएको छ । नेपाल भारतको दक्षिण सीमावतर्तीबाट उत्तरसम्म सलहकोे प्रकोप भेटिएको छ । जिल्लामा रहेको ८ वटा स्थानीय तहमा यसको प्रकोप बढदै गएको किसान बताउँछन् ।

यसअघि जिल्लाको मधुवन नगरपालिकाका विभिन्न वडाहरुमा फट्यांग्राले बालीनाली सखाप बनाएको थियो । मकै, धानको बीउ तथा जुनसुकै खाले हरियो बोट,विरुवा फट्यांग्राको झुन्डले नष्ट गरिरहेको किसानले बताए ।  

‘यसअघि यँहा स्थानीय फट्यांग्रा भुण्डमा आएकाले नोक्सान बढि देखिएको हो,’ प्रमुख ढकालले भने । अहिले भुन्ड सलह भएको ढकालले पुष्टि गरे । यसअघि मधुवन क्षेत्रमा फट्यांग्रा को प्रकोप भएकोे मधुवन नगरपालिका वडा अध्यक्ष भक्त सुनारले बताए । मधुवनमा सलहको फाट्टफुट्ट देखिएको मधुवनका नगर प्रमुख कृष्ण केसीले बताए । यसअघि देखिएको  सलह  नभएको उनले जानकारी दिए । उनका अनुसार  किसानले लगाएको मकैमा सबै पातहरु खाईदिएर घोगा र डाँठ मात्रै बाँकी राखेको थियो ।  

त्यसलगत्तै पानी परेपछि झुन्ड हराएको थियो । मधुवनक नगरपालिकाको माचर, मधुवन, बाँधर भरीया,ताराताल,लालिबजार र जैबिकमार्ग गत्रका खाता र बसन्ता लगायतका गाउँमा फट्यांग्राले उत्पादन प्रभावित भएको छ । नियन्त्रणका लागि किसानले फट्यांग्रा मार्न विषादी प्रयागे गरेका थिए । यसको प्रकोप बढैयातालमा पनि देखिएको छ ।

प्राबिधिक बिनै आफ्नै हिसाबले फट्यांग्रा नियन्त्रणमा किसान खटिरहका छन् । विषादी हालेपछि नर्मने र बरु उडेर भाग्ने गरेको गरेको पाईएको किसान बताउँछन् । विषादीको गन्ध उडेपछि फेरि त्यहीँ आएर बस्ने हुनाले किसान बैकल्पिक उपाय अबलम्बन गरेका हुन ।  

तापक्रम बढेसँगै यसको प्रकोप बढदै जाने भएकाले सचेत रहन जरुरी रहेको प्राबिधिक बताउँछन् । बालीमा बस्न नदिन समुदायबाट ठूलो आवाज निकाल्ने, बालीमा बस्न नदिने, धूवाँ निकालेर झुन्डलाई तितरवितर पार्ने काम गरिरहेको वडा अध्यक्ष दयराम बैद्यले बताए । ‘यस तर्फ सम्बन्धित निकाय ध्यान आर्कषण गर्न जरुरी देखिन्छ,’उनले भने,‘अधिकांश कृषि पेशामा आश्रित किसानको गाँस खोसिदैछ ।’

यसैबीच बिपद व्यवस्थाापन समिति र कृषि ज्ञान केन्द्र बीच सलह नियन्त्रणका लागि आयोजित बैठकले नियन्त्रण प्रयासका व्यापक प्रचार प्रसार, आवश्यक उपकरण खरिद र सलहको नियन्त्रणका लागि बिपद व्यवस्थापन समितिलाई दैनिक प्रतिबेदन दिन पर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।

प्रकाशित: १७ असार २०७७ ०८:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App