१५ वैशाख २०८१ शनिबार
image/svg+xml

जातीय विभेद गरेको आरोप लागेका जनप्रतिनिधि पक्राउ

व्रतबन्धमा निम्तो मान्न पुगेका व्यक्तिलाई जातीय विभेद गरेको आरोप लागेका कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य रामजी लामिछानेलाई कास्की प्रहरीले पक्राउ गरेको हो।

‘यसरी सरकारी विद्यालयप्रति अपनत्व बढ्छ’

तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ।

रूपान्तरण हुँदै सुरक्षा संरचना

नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने व्यवस्था छ। सेनाको खटनपटन, परिचालन र क्रियाकलापको निगरानी प्रधानमन्त्री, मन्त्रिपरिषद् र रक्षामन्त्रीले गर्न पाउँछन्

निर्वाचन खर्च: जरिवाना मिनाहा खोज्दै जनप्रतिनिधि

निर्वाचन आयोगले तोकेको समयभित्र चुनाव खर्च नबुझाएका स्थानीय तहका जनप्रतिनिधिहरूले जरिवाना मिनाहा गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन्।

जनप्रतिनिधिले सेवासुविधा वापत पाउने रकममा उम्मेदवारको घरदैलो खर्च

उनीहरुले आफ्नो पार्टीका उम्मेदवारको लागि चुनावमा आर्थिक खर्चको लागि चन्दासमेत संकलन गर्ने गरेको छ। बुधबार बिहानै धनुषाको हंसपुर नगरपालिका–९ बालगंगास्थित नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्याकर्ताले संयुक्त बैठक बोलाएका थिए।

सरकारी गाडी लिएर नाकामा घरायसी सामग्री किनमेल गर्न पुगिन् नगरपालिकाकी उपप्रमुख

उपप्रमुख सिंहले 'घरायसी प्रयोजनको सामग्री लिन सिमापारी जादैछौं' भनेर सिमाना खटिएका सशस्त्र प्रहरीलाई भनेकाे बिओपी मैनाथपुरका सशस्त्र प्रहरी निरीक्षक गणेश पाण्डेले बताए। उनले भने, 'सरकारी गाडीमा व्यक्तिगत सरसामान ढुवानी गर्न पाइदैन। हामीले त्यस्तो देखेपछि रोकेका हौं, गाडीमा सरसामान राख्न नदिएपछि उपप्रमुख सिंहले टेम्पोमा राखेर जानुभयाे।'

जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनै पर्ने

पैयूँ गाउँपालिकाले सरकारी कर्मचारी, जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनै पर्ने नियम ल्याउन लागेको छ।

गठबन्धनको राजनीतिप्रति नकारात्मक हुनुपर्ने अवस्था छैन: नेता खनाल

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालको हरेक राजनीतिक परिवर्तन गठबन्धनबाटै सम्भव भएको उल्लेख गर्दै अब पनि नेपालमा गठबन्धनको राजनीतिक लामै समय रहने जिकीर समेत गरे।

नागरिक संवाद (प्रदेश १)ः स्थानीय जनप्रतिनिधिहरु भन्छन, ‘संघले विकास गर्न पर्याप्त बजेटनै दिदैन’

‘अहिले स्थानीय तहहरूले कुल बजेटको १५ प्रतिशत मात्रै पाइरहेका छन्’, गच्छदारले भने, ‘अब, ५० प्रतिशत संघले राखेर ५० प्रतिशत प्रदेश र स्थानिय तहलाई बाँड्नुपर्छ । त्यसो हुँदा २५ प्रतिशत बजेट स्थानिय तहले पाउने भएकाले विकासका काम अघि बढाउन सहज हुन्छ ।’

दुधौलीलाई स्मार्ट सिटी बनाउँछौंः नगरप्रमुख अधिकारी

पाँच वर्षमा खेतीयोग्य जमिन र बसोबास योग्य क्षेत्रलाई छुट्याउँदै व्यवस्थित भु-उपयोग नीति अवलम्बन गरेर दुधौलीलाई स्मार्ट सिटी बनाउने मेरो योजना छ। त्यसमा नदी नियन्त्रण खेल मैदान पार्क लगायतका पूर्वधारका कामहरु हुने नै भए। धार्मिक र पर्यटकिय क्षेत्रलाई संरक्षण गर्दै जानेछौं। पूर्वधारमा विशेष गरी दुधौलीलाई रिङ रोडको अवधारणा ल्याएका छौं। मदनभण्डारी राजमार्ग पनि यही नगरपालिका भएर गएकाले विकासको आधार धेरै देखिन्छ।

समानुपातिकमा २० लाख मत पाउँछौँ: अध्यक्ष नेपाल

गत स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उनले आगामी निर्वाचनमा दृढताका साथ होमिन आग्रह गरे।

डेंगुबाट बच्न काठमाडौँ महानगरद्वारा ‘लार्भा खोज र नष्ट गर’ अभियान

विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्छ। नेपालमा सन् २००४ मा पहिलो पटक डेंगुको बिरामी फेला परेको थियो।

संघीयतालाई सवलीकरण गर्नुपर्नेमा जनप्रतिनिधिहरुको जोड

साथै निजी, सहकारी, गैरसरकारी एवं सञ्चार क्षेत्रका प्रतिनिधिहरुले संघीयता बलियो बनाउन आचरण परिवर्तन गर्न जरुरी रहेको बताए। उनीहरुले निजी क्षेत्रले संघीयता प्रत्याभुत गर्न नपाएको र लगानीमैत्री वातावरण निर्माण हुन नसकेको बताए। निजी क्षेत्रका लागि संघीयता कागलाई बेल पाक्यो हर्ष र विष्मातसरह भएको दाबी गरे।

पोखराका मेयरको हनिमून पिरियडः सय दिनमा सय काम

गत वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित प्रमुख आचार्यले जेठ १२ गते पदबहाली गरेका थिए। पदबहालीका दिन उनले ३७५ वटा फुलका विरुवा रोपेर आफ्नो कामको सुरुवात गरेका थिए। सो कामलाई उनले उपलब्धिको पहिलो बुँदामा राखेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्