१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सुटुक्क बिदेसिए जनप्रतिनिधि

गत वैशाखमा भएको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि सुटुक्क बिदेसिएका छन्। मालारानी गाउँपालिका–३ का एक वडा सदस्य सुटुक्क युरोप पसेका हुन्। वडा नम्बर ३, खनदहका वडा सदस्य कमल केसी आफ्नै नगर वा गाउँलाई समेत जानकारी नगराई विदेश गएका हुन्। उनले चुनावका बेला जनतासमक्ष गाउँघरको विकास गर्छु र गाउँका समस्या हल गर्छु भन्दै भोट मागेका थिए।

केसी वडाबाट सर्वाधिक मत ल्याएर विजयी भएका थिए। एक हजार ४७७ मत ल्याएर उनी वडा सदस्यमा निर्वाचित भएका थिए। उनका प्रतिद्वन्द्वी उम्मेदवारले ९१० मत मात्र ल्याएका थिए। वडाध्यक्षले भन्दा पनि बढी लोकप्रिय मत पाएका केसी जनताको मतको उपेक्षा गरेर विदेश हिँडेका हुन्।

वडाध्यक्ष दण्डपाणि पोख्रेलले भने आफूलाई केही दिन घुम्न जान्छु भनेर गएको बताएका छन्। वैदेशिक रोजगारमा गएको कुनै जनकारी नभएको उनले बताए। 

प्रकाशित: २४ फाल्गुन २०७९ ०२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App