१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जातीय विभेद गरेको आरोप लागेका जनप्रतिनिधि पक्राउ

जातीय विभेद गरेको आरोप लागेका जनप्रतिनिधि पक्राउ परेका छन्।

व्रतबन्धमा निम्तो मान्न पुगेका व्यक्तिलाई जातीय विभेद गरेको आरोप लागेका कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य रामजी लामिछानेलाई कास्की प्रहरीले पक्राउ गरेको हो।

जनप्रतिनिधि लामिछानेले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ रिभानका सन्तोष परियारका छोराहरुको व्रतबन्धमा दलितलाई सहभोज गर्नबाट रोकेको आरोप छ।

उनले व्रतबन्धको निम्तो मान्न पुगेका पोखरा–२९ भण्डारढीक बस्ने नारान भन्ने नारायण दमाई परियारलाई जातीय विभेद हुने गालीगलौज गर्दै सहभोज गर्नबाट रोकेका थिए। सुरुमा स्थानीय सीता लामिछानेले दलितका लागि छुट्टै भान्सा भएको भन्दै रोकेको र नारायणले ब्राह्मण भान्सामा आफूले भान्सा गर्दा के फरक पर्छ र भनेपछि जनप्रतिनिधि लामिछानेले 'तिमी दलितहरू ठूला पल्टिन थालेछौ। हाम्रो भान्छा जूठो भयो' भन्दै ब्राह्मण भान्सामा पाकेका दाल, भात, तरकारी, असार सबै भुईँमा घोप्टाएको आरोप छ।

त्यसलगत्तै पीडित परियारले कास्की प्रहरीमा किटानी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा जनप्रतिनिधि लामिछानेलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

यसअघि प्रहरीले यही केसमा व्रतबन्धमा निम्तो गर्ने सन्तोष परियार र जातीय विभेद गर्ने सुजन लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। 

व्रतबन्धमा निम्तो गर्ने परियारले नारायणलाई फोन गरेर संस्कार अनुसार भोजन नगरी अटेर गर्दा आफूले गरेको भोज विफल भएको भन्दै सो भोजमा लागेको डेढ लाख रुपैयाँ फिर्ता दिन भन्दै रकम मागेको आरोप छ। सुजनले भने जनप्रतिनिधि लामिछाने र सीतासँगै मिलेर जातीय विभेदजन्य गालीगलौज गरेको आरोप छ।

पक्राउ परेका लामिछानेलाई अदालतबाट म्याद थप गरी थुनामा राखिएको कास्की प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्

ब्रतबन्धको निम्तो मान्न पुगेका जनप्रतिनिधिले जातीय विभेद गरेको आरोप

 

प्रकाशित: १९ चैत्र २०७९ १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App