१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मुस्लिमको मन जित्न इदगाहमा जनप्रतिनिधि

अहिले कुनै पनि निर्वाचन छैन। तर कपिलवस्तुको तौलिहवाको बसपार्कछेउ रहेको इदगाहमा इदको अवसरमा शनिबार शुभकामना दिन जनप्रतिनिधि र दलका नेताहरू पुगेका छन्। उनीहरू मुस्लिमको मन जित्न र शुभकामना दिन त्यहा पुगेका हुन।

मुस्लिमको महान् पर्वमा शुभकामना दिन उनीहरू बिहानै इदगाहा पुगेका हुन। जनप्रतिनिधि तथा कांग्रेस, एमाले र जनता समाजवादी पार्टी (जसपा) का नेता इदगाहस्थल पुगेका हुन्।

कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री तथा सांसद सुरेन्द्रराज आचार्य, एमाले नेता तथा पूर्वमन्त्री वृजेशकुमार गुप्ता, प्रदेश सदस्य सुधाकर पाण्डेय, एमाले नेता धरम बहादुरलाल श्रीवास्तव, जसपा नेता तथा कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेल, एमाले नेता राजेश गुप्ता, एमाले नेतृ तुलसा पाण्डेय लगायतका छुट्टाछुट्टै टोली शुभकामना दिन त्यहाँ पु्गका थिए। सो मस्जिदमा १५ सयभन्दा बढी मुस्लिम समुदायले सामूहिक नवाज पढेका थिए। सो अवसरमा मुस्लिम अगुवा रउफ अहमद खाले नेताहरू इदगाह स्थलमै शुभकामना दिन आएकोमा खुसी व्यक्त गर्दै मुस्लिमहरूको हकअधिकारका लागि साथ दिन आग्रह गरेका थिए।

अहिले कुनै पनि निर्वाचन छैन। तर कपिलवस्तुको तौलिहवाको बसपार्कछेउ रहेको इदगाहमा इदको अवसरमा शनिबार शुभकामना दिन जनप्रतिनिधि र दलका नेताहरू पुगेका छन्।

कपिलवस्तु नगरपालिका १ मा मस्जिद टोल छ। त्यही टोलमा मुस्लिम समुदाय बसोबास गर्छन्। प्रतिनिधिसभा सदस्य सुरेन्द्रराज आचार्यले गत मंसिरमा भएको निर्वाचनमा आफुले मस्जिद टोलबाट राम्रो मत पाएको बताए। उनले मुस्लिम महान पर्व इदका अवसरमा मुस्लिम दाजुभाइसँग प्रत्यक्ष भेटघाट गरी शुभकामना दिन इदगाह पुगेको बताए।

उता मुस्लिमहरूको महान् पर्व इद उल फित्र इदका दिन शनिबार जिल्लाका विभिन्न स्थानमा रहेका इदगाहा र मस्जिदमा सामूहिक नमाज पाठ गरी हर्षोल्लासका साथ इद मनाइएको छ। उनीहरूले आपसमा शुभकामना आदानप्रदा गर्दै इद पर्व भव्य रूपमा मनाएका हुन्। सो अवसरमा उनीहरूले देशमा शान्तिसुरक्षा, अमनचयनको कामना गरेका थिए।

उता मुस्लिमहरूको महान् पर्व इद उल फित्र इदका दिन शनिबार जिल्लाका विभिन्न स्थानमा रहेका इदगाहा र मस्जिदमा सामूहिक नमाज पाठ गरी हर्षोल्लासका साथ इद मनाइएको छ।

कपिलवस्तु नगरपालिका–१ बसपार्क छेउ रहेको इदगाहमा सामूहिक नमाज पढेर बाहिर आउने क्रममा नुरम महोम्मद खालिद खाले आफूहरूले सामूहिक नमाज पाठ गरेपछि नेपालको शान्ति, स्थिरता र आर्थिक विकासको कामना गरेको बताए।

‘यो महान् पर्वमा सबैले मिलेर खुसियाली बाँड्न चाहन्छौं, देशभर नै राम्रो भएको हेर्न चाहेका छौं,’ उनले भने।  

प्रकाशित: १० वैशाख २०८० ०१:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App