१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

बालबिबाह न्यूनिकरणका लागि चन्दननाथ मन्दिरमा बनाइएको विवाह मण्डप पुरातात्विक विभागले भत्काइदियो

 

कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर परिसरमा निर्माण गरिएको विवाह मण्डप भत्काइएको छ। पुरातत्व विभागको निर्देशनअनुसार गुठी व्यवस्था समितिले उक्त संरचना हटाएको हो।गुठी व्यवस्था समितिका अध्यक्ष अमरबहादुर थापाका अनुसार पुरातत्व विभागले २०७९ मंसिर १८ र २०८१ भदौ २६ मा परिपत्र गर्दै मन्दिर परिसरभित्रका आधुनिक संरचनाहरू हटाउन निर्देशन दिएको थियो।सोही निर्देशनको मानेर मंगलबार (मंसिर ११)गते डोजर लगाएर विवाह मण्डप भत्काइएको हो।

पुरातत्व विभागकका पुरातत्व अधिकृत मञ्झु सिंह भण्डारी थापाको हस्ताक्षरितको दुईपटक हटाउन परिपत्र छ।२०७८ सालमा तत्कालीन गुठी व्यवस्था समितिका अध्यक्ष पूर्णसिंह कठायतको पालमा झन्डै १२ लाख रुपैयाँको लागतमा विवाह मण्डप निर्माण भएको थियो।

जसमध्ये ९ लाख गुठीको कोषबाट र ३ लाख निजी योगदान(चन्दा)बाट संकलन गरिएको थियो। तर, निर्माण भएको तीन वर्ष पनि नपुग्दै मण्डप भत्काइएको छ।पूर्वअध्यक्ष पूर्णसिंह कठायतले विवाह मण्डप भत्काउनु पुरातत्व विभागको निर्देशनको आडमा व्यक्तिगत प्रतिशोध साध्ने प्रयास भएको आरोप लगाएका छन्।

उनले भने, “यदि पुरातत्व विभागकै निर्देशन हो भने मन्दिरभित्र सिमेन्ट प्रयोग गरेर निर्माण गरिएका अन्य आधुनिक संरचनाहरू पनि भत्काइनुपर्छ।” यता गुठी अध्यक्ष अमरबहादुर थापाले विवाह मण्डप निर्माण प्रक्रियामा पुरातत्व विभागसँग सहमति नलिइएकाले संरचना भत्काउन निर्देशन आएको बताए।

उनले भने, “पुरातत्व विभागले स्पष्ट रूपमा भत्काउन निर्देशन दिएपछि हामी बाध्य भयौं। मण्डप भत्काउने निर्णय समितिका पदाधिकारीको हो, व्यक्तिगत निर्णय होइन।”पुरातत्व विभागले ऐतिहासिक र धार्मिक महत्त्वका स्थानहरूमा आधुनिक संरचना थप्न रोक लगाउँदै आएको छ।

विभागको मापदण्डअनुसार, यस्ता क्षेत्रहरूमा हुने निर्माण कार्यमा परामर्श र अनुमतिको अनिवार्यता छ।तर, चन्दननाथ मन्दिरमा बनाइएको विवाह मण्डप निर्माण गर्दा यो प्रक्रिया पूरा नगरिएकाले विभागले संरचना हटाउन ताकेता लगाएको हो।यता विवाह मण्डप निर्माण गरेदेखि मन्दिरमा अहिलेसम्म ४३ जना जोडीले बिवाहा गरेका थिए।मन्दिरमा विवाह गर्ने जोडीले स्पष्ट पहिचान खुल्ने प्रमाणपत्र बोकेर ल्याउनुपर्ने प्रावधान बनाइएको थियो।बढ्दो बालविवाह लाई रोक्नका लागि मन्दिरमा विवाह गर्ने जोडीले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र बोकेर ल्याउनुपर्ने प्रावधान बनाइएको थियो। 

अनिवार्य जन्मदर्ता ल्याउनुपर्ने व्यवस्था गरिएको हो ।’ कमै उमेरमा विवाह गरेर बालबालिकाको भविष्य नबिग्रियोस् भन्नका लागि मन्दिरमा पनि विवाह गर्दा अनिवार्य २० वर्ष नाघेको हुनुपर्ने व्यवस्था मिलाइएको थियोे। ५ सयदेखि दुई हजार पाँच सय सम्मको रसिद काट्नेव्यवस्थापन थियो। नाजुक अवस्थाको जोडीलाई निःशुल्क विवाह गरिदिने प्रवन्ध थियो। बालविवाह रोकौं, सभ्य नागरिकको परिचय दिऔ भन्ने मान्यता स्थापित गराउने उदेश्य हो।

प्रकाशित: १२ मंसिर २०८१ ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App