ललितपुर महानगरपालिका: चिरिबाबु र हरिकृष्णबीच टक्कर
सत्तारूढ गठबन्धनले निवर्तमान मेयर एवं कांग्रेस नेता चिरिबाबु महर्जनलाई अघि सारेको छ। प्रमुख प्रतिपक्षी एमालेले पनि यसअघिका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई मेयरको उम्मेदवार बनाएको छ। २०७४ सालको निर्वाचनमा यी दुई उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा भएको थियो। महर्जन र व्यञ्जनकारबीच हारजित हुँदा ३ सय २६ मत मात्रै फरक परेको थियो।