५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

चन्द्रागिरिमा ५६ मतदान केन्द्र, ४७ हजार २६४ मतदाता

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा ५६ मतदान केन्द्र राखिने भएको छ। काठमाडौं प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि २२ मतदानस्थलमा ५६ मतदान केन्द्र राखिने चन्द्रागिरि नगरपालिकाका निर्वाचन अधिकृत सिर्जना थपलियाले बताइन्।

चन्द्रागिरिमा ७७ पदका लागि ३५४ जनाले उम्मेदवारी दिएका छन्। जसमध्ये नगरप्रमुखमा २० र उपप्रमुखमा आठ जनाले उम्मेदवारी परेको निर्वाचन अधिकृत थपलियाले बताइन्। चन्द्रागिरि नगरपालिकाको स्थानीय निर्वाचनमा  पाँच राष्ट्रिय राजनीतिक दल, १० जिल्ला तहका संगठन र नौ स्वतन्त्र उम्मेदवारले भाग लिएका छन्।

निर्वाचन अधिकृत थपलियाले पछिल्लो समय निर्वाचन कार्यालयले चुनाव चिह्न वितरण, परिचयपत्र वितरण, सवारी पास वितरण, मतदान केन्द्र र मतदानस्थलको अनुगमन, आचारसंहिताको अनुगमन लगायत काम गरिरहेको बताइन्। यस्तै  चाँडै मतदान अधिकृतका लागि तालिम प्रदान गर्ने निर्वाचन अधिकृत थपलियाले बताइन्।

काठमाडौं जिल्लाको दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँभञ्ज्याङ, वाडभञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ र मच्छेगाउँ गाविस मिलाएर बनाइएको चन्द्रागिरिमा १५ वडा छन्।

उक्त नगरपालिका काठमाडौं उपत्यकाभित्रकै सबैभन्दा ठूलो नगरपालिका हो। स्थानीय तह निर्वाचनका लागि उक्त नगरपालिकामा कुल ४७ हजार २६४ मतदाता रहेको निर्वाचन कार्यालय चन्द्रागिरिले जनाएको छ। चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट घनश्याम गिरी र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाका तर्फबाट रोशन दानीले उम्मेदवारी दिएको छ भने नेकपा (एमाले)का तर्फबाट नगरप्रमुखमा उत्तमबहादुर राउत र उपप्रमुखमा वसन्ती श्रेष्ठले उम्मेद्वारी दिएका छन्। रासस

प्रकाशित: २२ वैशाख २०७९ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App