कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, यस्ता छन् छलफलका मुख्य एजेन्डा
मंगलबारको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषयवस्तुका सम्बन्धमा विशेष सम्बोधन गरेका थिए।
मंगलबारको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषयवस्तुका सम्बन्धमा विशेष सम्बोधन गरेका थिए।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद उपकेन्द्रमार्फत किसानबाट १५ हजार ८५२ क्विन्टल धान खरिद गरेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ।
भोटेकोशी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको छ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
सम्मेलनमा अघि सारिएको आवरण निर्णयमा हिमाल र जलवायु परिवर्तनसम्बन्धी दुईवर्षे कार्ययोजना समेटिएको थियो। अन्तिम समयमा आवरण निर्णय नै पारित हुन नसकेपछि हिमालसम्बन्धी प्रस्ताव पनि औपचारिक निर्णय बन्न सकेन।
गत भदौमा आएको भीषण बाढीबाट प्रभावित अमेरिकी नागरिक तथा नेपाली समुदायलाई सहयोग गर्ने प्रतिबद्धता अमेरिकाले दोहोर्याएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले कार्यालय प्रमुखको दरबन्दीमा सरुवा हुने सम्भावित ४९ जना प्रहरी उपरीक्षक (एसपी) हरूको पूर्वानुमान योग्य सरुवा सूची प्रकाशन गरेको छ।
फ्रेन्चाइज क्लबका प्रतिनिधिहरूले आगामी सिजनका लागि तत्काल टियु मैदानको दर्शक क्षमता बढाउनुपर्नेमा जोड दिए। तत्काल टियुलाई व्यवस्थित गर्दै मूलपानी र चितवन रङ्गशालाको काम छिटो सकेर आगामी सिजनमा बिहानको खेल मूलपानी र बेलुकाको फ्लडलाइट खेल टियुमा खेलाउन सकिने व्यावहारिक उपायसमेत उनीहरूले सुझाए।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गरिसक्नुपर्ने बताएका छन्।
हाल छुट्टाछुट्टै संरचनामा सञ्चालन भइरहेका कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान सङ्कलन तथा भुक्तानी प्रणालीलाई एकीकृत गर्ने प्रस्तावमाथि छलफल भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटक ठगी गर्ने तथा मापदण्डविपरीत गतिविधि गर्ने २२ जनालाई कारबाही गरेको छ।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले लैंगिक हिंसा अन्त्यका लागि प्रतिबद्धता र घोषणामा मात्र सीमित नभई पीडितले वास्तविक रूपमा सुरक्षा, न्याय र सम्मान प्राप्त गर्ने अवस्था सुनिश्चित गर्नुपर्ने बताएकी छन्।
चितवन राइनोजबाट उत्कृष्ट खेल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित भएर कार, मोटरसाइकल र नगद रु दुई लाख जितेका मकवानपुरका क्रिकेटर रिजन ढकाल गृह जिल्लामा सम्मानित भएका छन्।
एसिया कप राइजिङ स्टार्स क्रिकेट अन्तर्गत समूह ‘बी’ को खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ९६ रनले पराजित भएको छ। बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तान ‘ए’ लाई १६८ रनमै रोकेको नेपाल ब्याटिङमा नराम्ररी चुक्दा ७२ रनमै समेटिन पुग्यो।