१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कपिलवस्तुमा आइपुग्यो ४ लाख मतपत्र

आसन्न स्थानीय तहको निर्वाचनका लागि कपिलवस्तुमा ४ लाख मतपत्र सोमबार बिहान आइपुगेको छ। मतपत्रसँगै नयाँ थपिएका मतदाताहरुको ६१ हजार बढी मतदाता परिचय पत्र समते आएको हो।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानुराम पन्थी अनुसार सोमबार बिहान निर्वाचन आयोगले पठाएको ४ लाख मतपत्र र ६१ हजार बढी नया परिचय पत्र आइपुगेको हो। निर्वाचनमा प्रयोग हुने अन्य सामाग्रीहरु मतदाता नामावली, स्वस्तिक चिन्ह, स्टेम्प प्याड लगातयका सामाग्रीहरु यसअघि नै आइसकेको छ।

उता जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा १० वटै पालिकामा खुलेको निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको तयारीलाई तीव्रता दिएका छन्। दल तथा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरी उनीहरुलाई निर्वाचन चिन्ह समते प्रदान गरी सकिएको छ।

बुद्धभूमि नगरपालिका वडा नम्बर ८ मा एमालेका वडाध्यक्षका उम्मेदवार ओम प्रकाश तिवारीको मृत्यु भएकाले त्यसको सट्टा अर्को उम्मेदवारको मनोनयत्र पत्र दर्ता गर्न वैशाख २० गतेसम्मका लागि सयम सिमा दिइएको छ।

प्रमुख निर्वाचन अधिकारी तजेन्द्र प्रासद शर्माले निर्वाचनलाई स्वचच्छ, मर्यादीत र भयरहीत बनाउन आफूहरुले तयारी गरेको बताए। उनले निर्वाचन आचारसंहिता पालना गर्न दल तथा सबै उम्मेदवारहरुलाई आग्रह गरे।

निर्वाचनको तयारीका लागि हिडेको अनुमगन टोलीले आइताबार क्षेत्र नम्म्बर ३ मा अनुमगनका क्रममा आचारसंहिता विपरीत राखिएका झण्डा, ब्यानर फ्ल्याक्सहरु हाटइएको प्रमुख निर्वाचन अधिकारी शर्माले बताए। कपिलवस्तुमा ५ सय पदकालागि १० पालिकाबाट ३ हजार ५५२ उम्मेदवार बनेका छन्।

जिल्लामा कुल ३ लाख ७३ हजार एक सय मतदाता छन्। १० पालिकामा कुल २ सय ३५ मतदान स्थलमा ४ सय ६८ मतदान केन्द्र कायम गरिएका छन्। निर्वाचनमा ३७ सय कर्मचारी र ४ हजार बढी सरक्षकर्मी परिचालन गरिने बताइएको छ।

प्रकाशित: १९ वैशाख २०७९ १२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App