१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

निर्वाचनमा खटिने कर्मचारीलाई सुझाव ‘गल्ती गरे क्षम्य हुँदैन’

आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिने कार्यक्रममा सहभागीहरु।

स्थानीय तहको निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निष्पक्ष निर्वाचन गराउन निर्देशन दिइएको छ। मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निष्पक्ष निर्वाचन गराउन निर्देशन दिएको हो।

विभिन्न पार्टीगत आस्था नाता सम्बन्धको आधारमा निर्वाचन गराउने प्रक्रियामा देखिन नहुनेमा कर्मचारीलाई सजग गराएको छ। जिल्लामा खटिएर जाने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिने क्रममा मुख्य निर्वाचन अधिकृत ध्रुबप्रसाद सापकोटाले कुनै पनि उम्मेदवारको पक्षमा निर्वाचनमा खटिने कर्मचारी लाग्न नहुने र सबैमा विश्वासको वातावरण बनाउनु पर्ने बताए।

'कानुन अनुसार गल्ति गरे क्षम्य हुँदैन' उनले भने, निर्वाचनको आचारसंहित नियम र परिधिभित्र रहेर कर्मचारीले काम गर्नुपर्ने उनको भनाइ छ। निर्वाचन गराउने क्रममा पाइला-पाइलामा चुनौती आउने र चुनौतीलाई सामना गरेर जानुपर्ने उनको भनाइ छ।

जिल्ला निर्वाचन कार्यालयद्धारा आयोजित मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिने क्रममा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले निर्वाचन गराउने क्रममा कर्मचारीले गल्ति गरे कसैले पनि जोगाउन नसक्ने र सजग भएर काम बताए।

अहिले प्रविधिको युग भएकाले कर्मचारीले कसैसँग संवाद गर्दा समेत विचार पुर्‍याएर गर्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेले सुरक्षाको पूर्ण जिम्मेदवारी आफूहरुले लिएको तर निष्पक्ष निर्वाचन गराउने जिम्मा कर्मचारीको भएको बताए। निर्वाचनको समयमा गल्ति गरेर अरु झमेला आउन सक्ने भन्दै उनले कर्मचारीले स्वच्छ निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउनुपर्ने जनाए।

राम्रो काम सम्पादन गर्न सके आफ्नै जिवनको इतिहास बनाउन सकिने अवसर निर्वाचन रहेको समेत उनले कर्मचारीहरुलाई अवगत गराए। जिल्लामा २६८ मतदान केन्द्रमा खटाउने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तीन चरणमा प्रशिक्षण दिइने भएको छ।

जिल्लामा दुई लाख ६ हजार तीन सय ३६ मतदाता रहेका छन्। दुई नगरपालिका र सात गाँउपालिका रहेको सिन्धुलीका मतदान केन्द्रमा १३ सय ४० जना कर्मचारीहरु खटिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतले सही गर्नुपर्ने मतपत्रमा छुटाउन नहुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निष्पक्ष भएर जिम्मेवारी निर्वाह गर्दा आइपर्ने समस्याको जिम्मेवारी हामी लिन्छौ, प्रजिअ न्यौपानेले भने, सुरक्षाको केही समस्या आए म लगायत हाम्रो सुरक्षाको टिमलाई जतिबेला पनि खबर गर्न सक्नुहुन्छ, हामी तपाइहरुको सुरक्षामा हुन्छौँ।' 

प्रकाशित: २२ वैशाख २०७९ ०८:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App