१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मतगणना स्थलमा चार्जेबल बत्तिदेखि मतपेटिका जोगाउन प्लाष्टिकको योजना

स्थानीय तहको निर्वाचन मिति नजिकिदैं गर्दा निर्वाचनदेखि मतगणनासम्मको कार्य व्यवस्थित सम्पन्न गर्न अनेकन योजना बुन्न थालिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले प्रत्येक मतगणना स्थलमा अनिवार्य कम्तिमा दुई वटा चार्जवाला (बत्ति गएका बेला पनि बलिरहने) बत्तिको व्यवस्था गर्ने भएको छ। ‘सुन्दा र देख्दा सानो चिज भएपनि यसले खास अर्थ र महत्व राख्छ’ मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले भने।

निर्वाचन अधिकारीहरुले अचानक लाइन गइहाल्यो भने पनि चार्जवाला बत्तिको सहाराले बत्तिको आपतकालीन अभाव पूर्ति गर्न सकिने निष्कर्ष निकालेका छन्। जेनेरेटरसहितका विद्युतीय सामग्रीको व्यवस्था भएपनि अचानक बत्ति गइहाले आउने समस्या कसरी टार्ने भन्ने विषयका आधारमा निर्वाचन अधिकारीहरु यस्तो निष्कर्षमा पुगेका हुन्।

यस्तै वर्षाको समयमा पनि सुरक्षित ढंगले मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउनका लागि गर्न सकिने आपतकालीन उपायका बारेमा समेत सुरक्षा संयन्त्रले योजना बनाइरहेको छ। मुचुल्का र लाहछाप लगाएको मतपेटिकालाई बाक्लो प्रकृतिको प्लास्टिकले मोरेर पानीले नभिज्ने गरी सुरक्षित ढुवानीको तयारी भइरहेको सुरक्षा स्रोतले बताएको छ।

प्रकाशित: १९ वैशाख २०७९ ११:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App