८ वैशाख २०८१ शनिबार
समाज

निर्वाचनका लागि भक्तपुरमा एक हजार ५ सय सुरक्षाकर्मी परिचालन

आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा योजना तयार गर्दै एक हजार ५०० सुरक्षाकर्मी परिचालन गर्ने भएको छ।

जिल्लाका चार नगरपालिकाका सबै मतदान स्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि नेपाली प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी परिचालित हुने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए।

उनले आवश्यकतानुसार नेपाली सेनाको सुरक्षा टोलीसमेत थप परिचालन हुने  र मतदान केन्द्रमा गलत गतिविधि भए तत्कालै नियन्त्रणमा लिनसक्ने गरी सुरक्षा टोली परिचालन हुने सुरक्षा संयन्त्र बनाइएको जानकारी दिए। उनले प्रत्येक मतदान स्थलमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र अन्य दुई कर्मचारी खटाइने र आवश्यकता पर्दा थप कर्मचारी खटाउन तीन प्रतिशत कर्मचारीलाई जगेडामा राखिएको बताए।

मतदान केन्द्रमा खटिने सबै कर्मचारीलाई यही वैशाख २२ र २३ गते तालिम दिइने र यसपछि सामग्रीसहित खटाइने जानकारी दिँदै प्रजिअ शर्माले अनुसन्धानको टोलीबाट दलहरुको आचारसंहिता उल्लङ्घन लगायतका गतिविधिको सूक्ष्म अनुगमन भइरहेको बताए। 

जिल्लामा कूल ७७ मतदान स्थल र २१९ मतदान केन्द्र छन्। जिल्लाका भक्तपुर नगरपालिकामा  ५७ हजार २७०, सूर्यविनायक नगरपालिकामा  ४७ हजार ३६७ र मध्यपुरथिमि नगरपालिकामा ४१ हजार ८४२ र चाँगुनारायण नगरपालिकामा  ४३ हजार १०५  मतदाता छन्। रासस

प्रकाशित: २१ वैशाख २०७९ ०३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App