२१ आश्विन २०८१ सोमबार
image/svg+xml

२४४२ नयाँ संक्रमित, ३४५६ निको, ५१ मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमणको तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा नयाँ संक्रमित फेला परेको जनाएको छ।

संक्रमण दर १४.३% मा पुग्यो

नेपालमा कोरोना संक्रमण दर प्रत्येक दिन घट्दै गएको छ। शनिबारसम्म १४.३ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमण दर २१.५ प्रतिशत

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणदर २१.५ प्रतिशत रहेको छ। परीक्षण गरिएका १३ हजार ८७ नमुनामध्ये २७ सय ६८ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २४०७ जनामा संक्रमण पुष्टि

पीसीआर विधिबाट १ हजार ६ सय ९४ जना र एन्टिजेन विधिबाट ७ सय १३ जना गरी २ हजार ४ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश थपिए १ मा ३ सय ३७ संक्रमित

मोरङमा १ सय ७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४, सोलुखुम्बुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना संक्रमणदर घट्दै

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर घट्दै गएको छ। पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणदर १ प्रतिशत घटेर २३.३ प्रतिशत पुगेको छ।

जुम्लामा समुदायस्तरमा कोराेनाः दुई वडा सील

जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संक्रमण तीव्र रुपमा फैलिएको भन्दै जुम्लाका दुई गाँउ सील गरेको छ।

खोप नलिएका र बालबालिका तेस्रो लहरको जोखिममा

अबको चारदेखि ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा रहेको विज्ञले औंल्याएका छन्। नेपालमा अहिले पनि करिब ८ प्रतिशत जनसंख्याले मात्र खोप लिएका र बाँकीका बारेमा अन्योल रहेको अवस्थामा खोप नलिएका उमेर समूह जोखिममा पर्ने उनीहरूको तर्क छ।

२४ घण्टामा ४३४४ कोरोना संक्रमित

सो अवधिमा एन्टिजेन विधिबाट ४ हजार ५ सय ६८ जनाको परीक्षण गर्दा ८ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ भने पीसीआर विधिबाट १२ हजार ७४ जनाको परीक्षण गर्दा ३ हजार ४ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ।

जुम्ला कारागारमा १५ जनामा कोरोना संक्रमण पुष्टि

कारागार भित्रका दुई महिला र १ सय २१ पुरुष गरी १ सय २३ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमा १५ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जेलर गयाप्रसाद पाण्डेले जानकारी दिए।

कपिलवस्तुमा थप एक साता निषेधाज्ञा

एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो। जेठ २४ देखि ३१ जेठ सम्मका लागि निषेधाज्ञा थपिएको हो। जिल्लामा गत बैशाख २१ देखि निषेधाज्ञा जारी छ।

धादिङमा अक्सिजन मिनिप्लान्ट जडान

धादिङबेसीस्थित अस्थायी कोभिड अस्पतालमा अक्सिजन मिनिप्लान्ट जडान गरिएको छ । नीलकण्ठ नगरपालिकाले ३३ लाख लगानीमा २ वटा मिनि अक्सिजन प्लान्ट जडान गरिएको हो । यो अक्सिजन प्लान्ट जिल्लाकै पहिलो हो ।

ताप्लेजुङमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ११ पुग्यो

ताप्लेजुङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ। मंगलबार मिक्वाखोला गाउँपालिका–२ खोक्लिङकी ८१ वर्षीया वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि मृतक संखया ११ पुगेको हो।

रौतहटमा काेराेनाबाट मृत्यु हुनेको संख्या सय नजिक

रौतहटका कोरोना संक्रमितमध्ये लगातार दोस्रो दिन पाँच जनाको मृत्यु भएको छ । आइतबार विभिन्न जिल्लाका अस्पतालमा रौतहटका संक्रमितको पाँच जनाको मृत्यु भएकोमा सोमबार पनि विभिन्न अस्पतालमा थप पाँच जना संक्रमितको मृत्यु भएको छ ।

एकै दिन रौतहटका पाँच संक्रमितको मृत्यु

केही दिनदेखि कोरोना संक्रमण हुने र मृत्यु हुने दर कम हुँदै गएको रौतहटमा एकै दिन पाँच जनाको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्