नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पीसीआर विधिबाट १ हजार ६ सय ९४ जना र एन्टिजेन विधिबाट ७ सय १३ जना गरी २ हजार ४ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ। थप ३ हजार ९ सय ९४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित: ३० जेष्ठ २०७८ १२:०९ आइतबार