coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

धादिङमा अक्सिजन मिनिप्लान्ट जडान

धादिङमा जडान गरिएको अक्सिजन प्लान्ट ।

धादिङबेसीस्थित अस्थायी कोभिड अस्पतालमा अक्सिजन मिनिप्लान्ट जडान गरिएको छ । नीलकण्ठ नगरपालिकाले ३३ लाख लगानीमा २ वटा मिनि अक्सिजन प्लान्ट जडान गरिएको हो । यो अक्सिजन प्लान्ट जिल्लाकै पहिलो हो । नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुङगाना, उप प्रमुख मनराज भण्डारी र प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले बिहिबार अक्सिजन प्लान्टको औपचारिक उद्घाटन गरेका छन् ।

प्लान्टबाट प्रतिमिनेट २०/२० लिटरका दरले अक्सिजन उत्पादन हुने नीलकण्ठ नगरपालिकाका जनस्वास्थ्य निरिक्षक शिव रानाले जानकारी दिए । उत्पादित अक्सिजन सिधै बिरामीलाई प्रयोग हुने हुँदा अक्सिजन सिलिन्डरमा भरेर संचित गर्न भने नमिल्ने प्राविधिकहरुले बताएका छन् ।

देशभरका अस्पतालमा कोरोना संक्रमणका विरामीको उपचारका लागि अक्सिजन अभाव भइरहँदा धादिङमा यसको व्यवस्थापन सुरु गरिएको हो ।

प्रकाशित: २० जेष्ठ २०७८ १५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App