coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तुमा थप एक साता निषेधाज्ञा

कोरोना संक्रमणको शृङ्खाल तोड्नका लागि कपिलवस्तुमा पाँचौ पटक निषेधाज्ञा थप गरिएको छ।

एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो। जेठ २४ देखि ३१ जेठ सम्मका लागि निषेधाज्ञा थपिएको हो। जिल्लामा गत बैशाख २१ देखि निषेधाज्ञा जारी छ।

आइतबार प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना व्यवस्थापन समितिले गरको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय गरेका हो। प्रजिअ चक्रपाणी पाण्डेयले कोरोना भाइरसको दोश्रो भेरिन्टको चेन ब्रकका लागि फेरि निषेधाज्ञा थपिएको  बताए।

थपिएको निषेधाज्ञा ३१ गते राति १२ बजे सम्म हुनेछ। निषेधाज्ञामा अत्यावश्यकीय सेवामो रोक नलगाइएको प्रजिअ पाण्डेयले बताए। खाद्यान्न तथा अन्य सरसामान किनमेलका लागि बिहान ९ बजेदेखि दिउसो १ बज सम्म समय तोकिएको छ। 

प्रकाशित: २३ जेष्ठ २०७८ १०:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App