coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नेपालमा कोरोना संक्रमणदर घट्दै

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर घट्दै गएको छ। पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणदर १ प्रतिशत घटेर २३.३ प्रतिशत पुगेको छ। पछिल्लो २४ घन्टामा परिक्षण भएका १४ हजार ४ सय ९४ वटा नमुनामध्येमा ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ६ लाख २६ हजार ५ सय ३५ जना पुगेका छन्। ती मध्येमा ३ लाख ७२ हजार ७ सय ६६ जना दोस्रो चरणको अवधिमा संक्रमित भएका हुन्। गत २४घन्टामा काठमाडौं उपत्यकामा ५ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ।  

गत २४ घन्टामा नेपालमा ६१ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। थप मृतकसहित नेपालमा कुल मृत्यु हुनेको संख्या ८ हजार ३ सय ६६ जना पुगेको छ। ती मध्येमा ४ हजार २ सय ८७ जना कोरोना संक्रमणको दोस्रो लहरको अवधिमा मृत्यु भएको मन्त्रालयले बताएको छ। 

संक्रमितमध्येमा पछिल्लो पटक ६ हजार २ सय ९५ जना निको भएका छन्। हाल नेपालमा ६५ हजार ९ सय ५३ जनाको होम आइसोलेसनमा उपचार भइरहेको छ, भने ५ हजार ३ सय ४८ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ।

प्रकाशित: ३० जेष्ठ २०७८ ०४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App