coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

२४४२ नयाँ संक्रमित, ३४५६ निको, ५१ मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमणको तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा नयाँ संक्रमित फेला परेको जनाएको छ।

जम्मा १० हजार ९ सय ५६ जनामा गरिएको परीक्षणबाट २हजार४ सय ४२ मा नयाँ संक्रमण भएको र सो क्रममा ३हजार४ सय ५६ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सो अवधिमा ५१ जनाको निधन भएको छ। यो  निधनसँगै हालसम्म कोभिड १९ को कारण ८ हजार ७ सय २६ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा ६ लाख २२ हजार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ लाख ५६ हजार ७सय ९८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ६ असार २०७८ ११:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App