१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना संक्रमण दर २१.५ प्रतिशत

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणदर २१.५ प्रतिशत रहेको छ। परीक्षण गरिएका १३ हजार ८७ नमुनामध्ये २७ सय ६८ जनामा कोरोना पुष्टि भएको हो।

थप संक्रमितसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ४२ हजार ८ सय ८ जना पुगेको छ। संक्रमितमध्ये ३ लाख ८९ हजार ३९ जना दोस्रो लहरको अवधिमा संक्रमित भएका हुन्। तीमध्येमा ५ लाख ४९ हजार ६ सय ८२ जना निको भइसकेका छन्। संक्रमितमध्ये ५५ हजार ३ सय ७५ जनाको होम आइसोलेसनमा र ४ हजार २ सय ४९ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। गम्भीर लक्षण भएका ८ सय ७२ जनाको आइसियुमा र २ सय ४६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

कोरोना संक्रमणबाट गत २४ घन्टामा थप ४४ जनाको मृत्यु भएको छ। थपसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ४१ पुगेको छ। तीमध्येमा ५ हजार १ सय ६२ जनाको मृत्यस कोरोनाको दोस्रो लहर सुरु भएयता भएको हो।

प्रकाशित: ५ असार २०७८ ०१:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App