७ वैशाख २०८१ शुक्रबार

कोरोना संक्रमण दर स्थिर

संक्रमणदर दुई अंकको दरले कम हुँदै गएकोले यो स्थितिलाई स्थिर अवस्था भन्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले बताउँछन्। ‘संक्रमणदर विस्तारै घट्दै गएको देखिन्छ, यसलाई सकरात्मक रूपमा लिनुपर्छ, तर यो फेरि कतातिर जान्छ अहिल्यै भन्न सकिंदैन,’ उनले भने। संक्रमणदर केही प्रतिशतले घटेपनि नयाँ भेरिन्यट आउने जोखिम कायमै रहेकोले सचेत हुन डा. अधिकारीले सवैलाई अनुरोध गरे।

संक्रमण दर ४१.५ प्रतिशत

गत चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। थपसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ७२ पुगेको छ। यीसहित हाल नेपालभर ९० हजार ६७ जना सक्रिय संक्रमित पुगेका छन्। ती मध्ये ८८ हजार २ सय ४८ जना होम आइसोलेसन, १ हजार ८ सय १९ जना संस्थागत आइसोलेसन र २ सय ५१ जना आइसियु र ४८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

कोरोना संक्रमण बढ्दै गएपछि बाँके प्रशासनको चार बुँदे आदेश

आदेश अनुसार सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यकम तथा मेला, महोत्सव आयोजना गर्न रोक लगाइएको छ।

कोरोना खोप अभियान: ४० वर्षमाथिकालाई लगाउने तयारी

बिहीबारसम्ममा चीनबाट थप ४५ लाख डोज खोप आउने र सो उमेर समूहलाई प्राथमिकतामा राखेर अभियान सुरु गरिने महाशाखाप्रमुख उपेन्द्र ढुंगानाले बताए।

भिडभाड हरायो, कोरोना हराएन

अर्घाखाँचीमा १६ गते शनिबारदेखि भएको निषेधाज्ञाको प्रभावले अर्घाखाँची जिल्ला सुनसानजस्तै भएको छ।

कोरोना संक्रमण दर नघटेपछि धरानमा अनुगमन

निषेधाज्ञा खुकुलो पारिएपछि धरानमा कोरोना संक्रमणका दर बढेपछि स्थानीय सरकारसँगै व्यापारीहरुमा चिन्ता छाएको छ।

कोरोना संक्रमण दर २१.५ प्रतिशत

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणदर २१.५ प्रतिशत रहेको छ। परीक्षण गरिएका १३ हजार ८७ नमुनामध्ये २७ सय ६८ जनामा कोरोना पुष्टि भएको हो।

वीपी प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रियो, बिरामीको उपचारमा समस्या

कोरोना संक्रमण दर उच्च भएर अस्पतालहरुमा संक्रमितहरुको चाप बढीरहेकै बेला धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट बिग्रिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्