coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

संक्रमण दर १४.३% मा पुग्यो

नेपालमा कोरोना संक्रमण दर प्रत्येक दिन घट्दै गएको छ। शनिबारसम्म १४.३ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

अघिल्लो दिनको तुलनामा ७ प्रतिशत घटेको हो। शनिबारको कोरोना संक्रमणको दोस्रो लहरको अवधिमा सबैभन्दा कम प्रतिशत संक्रमण हो। गत २४ घन्टामा परिक्षण भएका १६ हजार ९ सय ९६ वटा नमुनामध्ये २४ सय १ जनामा कोरोना पुष्टि भएको बताए। 

थप संक्रमितसहित नेपालका कुल संक्रमित संख्या ६ लाख ४४ हजार ९ सय ९ जना पुगेको छ। तीमध्येमा ३ लाख ८८ हजार ६ सय ७२ जना दोस्रो लहरको अवधिमा संक्रमित भएका हुन्। गत २४ घनटामा नेपामला थप ३४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। थप मृतकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ८५ जना पुगेका छन्। ती मध्येमा दोस्रो लहरको अवधमिा मात्र ५ हजार १ सय ९६ जनाको मृत्यु भएको हो। 

हाल नेपालमा ५३ हजार ७ सय ३३ जनाको होम आइसोलेसनमा र ३ हजार ८ सय ८५ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। ती मध्येमा ८ सय ७४ जनाको आईसियूमा र २ सय ५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित: ६ असार २०७८ ०२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App