९ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपालमा किन पुरुषमा बढी कोरोना संक्रमण ?

नेपालमा पनि अन्य प्रभावित देशहरुमा जस्तै कोरोना संक्रमित हुनेमा पुरुष बढी छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार हालसम्म कुल ५ हजार ६२ जना पुरुष छन् भने कुल संक्रमित महिलाहरु ३५३ जना मात्र छन्।

कोरोना भाइरस महामारी सावधानी अपनाउँदै बलिउड

कोरोना भाइरस महामारी नियन्त्रण र रोकथामको लागि गरिएको लकडाउन खुकुलो भएपछि बलिउडपुरानो अवस्थामा फर्कन केही समय लाग्ने अनुमान गरिएको छ । बलिउड ग्ल्यामर, कलाकार, चम्किला भेषभूषा र दमदार नृत्यका कारण चर्चित छ ।

कोरोनाका विरुद्धको लडाइँमा सरकार उल्टो दौडमा: राहुल गान्धी

भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोरोना विरुद्धको लडाईँका लागि सही बाटोमा नहिडेको बताएका छन्। उनले सरकारले अहिले उल्टो दौडमा रहेकोले देशमा कोरोना विरुद्धको महामारी जित्न नसकिने बताएका हुन्।

क्वारेन्टिनबाट घर फर्केका भन्छन् : ‘कोरोना काल जितेर फर्कियौ’

जुम्लाका खड्क बहादुर खत्री भारतको गोहा हुँदै जुम्ला पुगे । उनी कामको शिलशिलामा भारतको गोहा गएका थिए । धन कमाउला, घरपरिवारको लुगो फाटो फेरौँ, छोराछोरी पढाउला भनेर गोहा पुगेका उनी कोरोना भाइरसका कारण निकै दुःख पाए । उनले भने,‘जहाँ रहेपनि कोरोनाको काल टाउको वरिपरि घुमिरहे जस्तो लाग्थ्यो ।

कोरोना भाइरसबाट विश्वमा ४ लाख २८ हजार भन्दा बढीको मृत्यु, करिब ७७ लाख ४१ हजार संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २८ हजार ३४२ पुगेको छ। साथै यस संक्रमणबाट विश्वभर ७७ लाख ४० हजार ५०५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ।

बाटो बनाउँदै पैसा बुझ्दै

कोरोनाबाट जनतामा परेको समस्या समाधान गर्न जुनिचाँदे गाउँपालिकाले काम गरेर जीविकोपार्जन गर्न विभिन्न योजना बनाएर रोजगारी दिएको छ।

भेन्टिलेटरमा उपचारत युवाले जिते कोरोना

भेन्टिलेटरमा उपचाररत कपिलबस्तुका एक २२ वर्षीय युवा कोरोनामुक्त भएर घर फर्किएका छन्। नेपालमै पहिलो पटक भेन्टिलेटर (सघन उपचार कक्ष) मा उपचार गरेर कोरोना जित्न सफल भएको अस्पतालले दाबी गरेको छ। उनलाई कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा जेठ १४ गते बुटवलस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो।

उद्धारमा खर्च गर्नुपर्ने रकम मोजमस्तीमा

कोरोना भाइरस महामारीका कारण जोखिममा परेका श्रमिकको उद्धारमा खर्चिनुपर्ने रकम मन्त्री र सरकारी कर्मचारीको विदेश भ्रमणजस्ता मोजमस्तीमा खर्च हुने गरेको पाइएको छ।

धादिङमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

धादिङमा शुक्रबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आइ स्थानीय तहहरुले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएकाहरुमा कोरोना पुष्टि भएको हो ।

संक्रमितको बढ्दो ग्राफ, भरिँदै आइसोलेसन बेड

प्रदेश २ मा कोरोना संक्रमितको संख्या १८०६ पुगेको छ । शुक्रबार दिउँसो थप दुई सय चार जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या १८०६ पुगेको प्रदेश २, स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रसाशक विजयकुमार झाले बताए ।

बुटवलमा भेन्टिलेटरमा उपचारत युवाले जिते कोरोना

भेन्टिलेटरमा उपचारत कपिलबस्तुका एक २२ बर्षिय यूवा कोरोना मुक्त भएर घर फर्किएका छन । नेपालमै पहिलो पटक भेन्टिलेटर (संघन उपचार कक्ष) मा उपचार गरेर कारोना जित्न सफल भएको अस्पतालले दावी गरेको छ । कोरोना संक्रमणका कारण गम्भिर अवस्थामा जेठ १४ गते बुटवल स्थित कोरोना बिशेष अस्पतालमा भर्ना गरिएको थियो ।

क्वारेन्टिनमा शून्य सुरक्षा, सहजै भाग्छन् क्वारेन्टिन बसेकाहरू

तीन दिन अघि तुलसीपुर उपमहानगरपालिका ८ स्थित क्वारेन्टिनबाट एक महिला भागिन् । स्थायी घर सल्यान भई हाल तुलसीपुरमा डेरा गरि बस्दै आएकी ति महिला र उनका श्रीमान केही दिन अघि भारतबाट आएका थिए । उनीहरू दुबैजना क्वारेन्टिनमा बस्दै आएका थिए । मध्यरातमा क्वारेन्टिनबाट भागेकी महिलाका श्रीमानले समेत उनी भागेको थाहा पाउन सकेनन्।

कोरोना संक्रमणबाट एकको मृत्यु, संक्रमितको संख्या ५ हजार ६२ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट १६ औं व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँचीका एक ५७ वर्षिय पुरूषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । जिल्लाको मालारानी क्वारेन्टिानमा रहेका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी घर फर्किने क्रममा उनको बाटोमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । योसंगै नेपालमा मृतकको संख्या १६ पुगेको छ । जेठ २९ गते भैरहवामा भएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनी भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका थिए । उनको अर्घाखाँचीमै अन्तेष्टि गरिने भएको छ ।

उदयपुरको बेलकामा थप ३ जना संक्रमित, जिल्लामा संक्रमित संख्या ४३ पुग्यो

पछिल्लो दुईसातायता कोरोना भाईरस (कोभिड –१९) नियन्त्रणोन्मुख देखिएको उदयपुरमा सदरमुकामबाहेकका ठाउँमा संक्रमितहरु देखिने क्रम जारी छ । यसै लिसिलामा शुक्रबार आएको रिपोर्ट अनुसार बेलका नगरपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णालीमा थप ८३ जनामा कोरोना संक्रमण, २२ जना डिस्चार्ज हुँदै

शुक्रबार मात्रै कर्णाली प्रदेशमा ८३ जना नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका छन्। सुर्खेतका ४५ र दैलेखका ३८ जना कोरोना संक्रमित भेटिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्