९ आश्विन २०८१ बुधबार
image/svg+xml

कोरोना संक्रमित हुँदैमा कोरोनाले मात्र मृत्यु भएको नमानिने

कुनै विरामीमा कोरोना पोजिटिभ भएपनि अन्य मृत्यु हुनुको अन्य कारण छ भने कोरोनाले मृत्यु भएको नमानिने भएको छ। कोभिड १९ ले मृत्यु भएका सम्वन्धी कार्यविधि २०७६ को पहिलो संशोधन २०७७ मा यस्तो व्यवस्था गरिएको हो।

नेपाल –इजरायल कोरोना परामर्श समिति गठन

कोभिड–१९ को उपचारसम्बन्धी ज्ञान र अनुभव आदान प्रदान गर्न नेपाल–इजरायल केरोना योजना (एनआइसीआई) गठन भएको छ।

कोरोना कहरसँग लड्दै उदयपुर सिमेन्ट

सरकारी स्वामित्वको गैंडा छाप सिमेन्ट उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) कोरोना भाइरस (कोभिड–१९) को लकडाउनलाई चिर्दै उत्पादन र बिक्री गर्दैछ । चैत ११ देखि जारी लकडाउनलाई छिचोल्दै उसिउलिले जेठ दोस्रोसाता ६६ औं दिनदेखि मौज्दात सिमेन्ट बिक्री थालेको थियो ।

कोरोना भाइरसबाट विश्वमा ४ लाख २३ हजार भन्दा बढीको मृत्यु, करिब ७६ लाख संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २३ हजार ८८८ पुगेको छ।

सुदूरपश्चिममा कोरोना परीक्षण गर्न नयाँ मापदण्ड

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले आरडिटी परीक्षण गर्न नयाँ मापदण्ड तोकेको छ। क्वारेन्टिनमा बसेको १४ दिन भइसकेका तर कोरोनाको कुनै लक्षण नदेखिएकालाई जाँच नगरी घर फर्काउने मापदण्डमा भनिएको छ।

रोल्पामा ‘कोभिड–१९ आइसोलेसन केन्द्र’ संचालन

रोल्पामा ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’ संचालनमा आएको छ । जिल्लामा कोरोना संक्रमित भेटिन थालेपछि अस्थायी आइसोलेसन केन्द्रमा सेवा सुरु गरिएको हो ।

भारतमा एकैदिनमा झण्डै ११ हजार संक्रमित, ३९६ को मृत्यु

भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा करिब ११ हजार जना संक्रमित भएका छन्। सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९५६ जना संक्रमित भएको पुष्टि भएको हो।

समुदायमा फैलदैं कोरोना संक्रमण

अघिल्लो महिनासम्म कर्णाली कोरोना संक्रमणबाट टाढै थियो। संघीय सरकारले सिंगो देश लकडाउन (बन्दाबन्दी) गरिरहँदा कर्णालीले भने प्रदेशलाई ‘सिल’ गरेको थियो। भारतबाट मात्रै होइन्, अन्य प्रदेशबाट आउने नागरिकदेखि खाद्यान्नसमेतमा कडिकडाउ थियो।

संक्रमित थपिएपछि धादिङमा आइसोलेसन कक्ष निर्माण गरिने

कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्दै गएपछि धादिङबेसीमा आइसोलेसन कक्ष निर्माण गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा बसेको कोरोना भाइरस सम्बन्धी संकट व्यवस्थापनको बैठकबाट गठित समितले आइसोलेसन कक्ष निर्माण गरिने बताइएको छ ।

चार्टर उडानको भाडा महँगो भएपछि विदेशमा रहेका नेपाली असन्तुष्ट

सरकारले कोभिड १९ का कारण विदेशमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन तोकेको हवाई भाडा महँगो भएको भन्दै खाडी तथा मलेसियाका नेपालीहरुले असन्तुष्टि व्यक्त गरेका छन्।

फेरि पनि मृत्युपछि नै कोरोना पुष्टि

जेठ २३ गते स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो, जसको रिपोर्ट ६ दिनसम्म पनि आएन। बुधबार मृत्यु भइसकेपछि रिपोर्ट माग्दा नमुना नै ‘मिसप्लेस’ भएको जबाफ प्रयोगशालाका कर्मचारीबाट आयो।

सामान्य जीवनका सावधानी

अन्ततः सरकारले कोरोना भाइरस संक्रमण रोक्न गरेको बन्दाबन्दी (लकडाउन) को असीऔँ दिनमा पुगेर खुकुलो पार्ने निर्णय गरेको छ। निःसन्देह बन्दाबन्दीले जनजीवन कष्टकर बनाएको छ।

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत

कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई बढैयाताल गाउँपालिकाले राहत दिने निर्णय गरेको छ।

भारतबाट फर्किएका नेपालीको असुरक्षित यात्रा

कोरोना महामारीका कारण भारतबाट घर फर्कन नेपाल भित्रिएकाहरु असुरक्षित यात्रा गर्न बाध्य छन्। भारतबाट दुःख कष्ट झेलेर जसोतसो नेपाल भित्रिएका उनीहरु सीमानाकाबाट गाउँसम्म पुग्ने सवारी साधन व्यवस्थित नहुँदा एउटै गाडीमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता छ।

पर्वतका स्थानीय तहद्वारा ७०० भिटिएम खरिद

भारत र तेस्रो मुलुकबाट आउनेको सङ्ख्या बढेपछि कोरोना परीक्षणको दायरा बढाउन पर्वतका स्थानीय तहले भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) खरिद गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्