९ आश्विन २०८१ बुधबार
image/svg+xml

विश्व परिवर्तनको दोसाँधमा

नयाँ शक्ति र हतियारको बलबाट पश्चिमी मुलुकहरूले संसारमा राज गर्ने, आर्थिक शोषण गर्ने र संसारको मालिक बत्रे कार्य गरे।

कांग्रेस सडकमा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाका कारण विकराल स्थिति बनेको भन्दै असार २ गते स्वदेश र विदेशबाट एकसाथ कार्यक्रम गरी सरकारको ध्यानाकर्षण गराउने भएको छ । कोरोना नियन्त्रणमा सरकार पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको कांग्रेसले आगामी दिन अझै विकराल बन्नसक्ने जनाएको हो ।

कपिलवस्तुमा मात्र ६ सय १६ संक्रमित

कपिलवस्तुमा बिहीबार साँझसम्म ६ सय १६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार पछिल्लो २४ घन्टामा जिल्लामा ५० जना संक्रमित थपिएका छन् । जिल्लामा सबैभन्दा बढी यशोधरा गाउँपालिकामा एक सय ७९ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

सुनौलीमा मृत्यु भएका नवलपरासीका युवकमा कोरोना पुष्टि

बुटवल भारतबाट फकर्ने क्रममा रुपन्देहीको बेलहिया नाका पारी सुनौलीमा मृत्यु भएका नवलपरासीका एक युवकलाई कारोना संक्रमण भएको पुष्टि भएको छ । मुम्बईबाट घर फर्कदै गरेका पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाँउपालिकाको कुडीयाका ३५ वर्षे युवकको बुधबार दिउँसो बेलहिया पारी दशगजा नजिकै मृत्यु भएको थियो ।

क्वारेन्टिनबाट घर फर्कदा बाटैमा कोरोना पुष्टि भएपछि...

जिल्लाको मेलम्चीस्थित क्षेत्रीय क्वारेन्टिनमा बसेका पाँचपोखरी–६ का दुई पुरुषको बुधबार कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आयो । राजधानीको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना नभएको रिपोर्ट पठाएसँगै उनीहरु त्यसै दिन डिस्चार्ज भए । तर अबेला भएकाले घर जान पाएनन्, क्वारेन्टिनमै रात बिताए ।

अर्घाखाँचीका मृतक पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ

उपचारको क्रममा मृत्यु भएका मालारानी गाउँपालिका वडा नम्बर–४ का पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ। मालारानी गाउँपालिका वडा नम्बर–४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषको पिसिआर रिर्पोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापाले जानकारी दिईन्।

राहत प्याकेज नल्याए चाबी सरकारलाई हस्तान्तरण गर्ने घोषणा

छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वलाई आक्रान्त बनाएको छ। बढ्दो संक्रमणले महामारी नियन्त्रणमा आउने टुंगो अझै देखिदैन ।

धादिङमा थप सात जनामा कोरोना संक्रमण पुष्टि

धादिङमा बिहीबार सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको त्रिपूरासुन्दरी गाउँपालिकाको क्वारेन्टिनमा रहेका सात जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक यमबहादुर श्रेष्ठले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १ सय ८७ जना कोरोना मुक्त

पछिल्लो २४ घण्टामा १ सय ८७ जना कोरोना मुक्त भएर घर फर्केका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म ८ सय ६१ जना कोरोना मुक्त भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा २ सय ५० जना संक्रमित थपिएका छन्।

कर्णालीमा ५५ जना कोरोना संक्रमित थपिए

बिहीबार कर्णालीमा ५५ जना कोभिड–१९ अर्थात् कोरोना संक्रमित थपिएका छन् । दैलेखका ४८, सुर्खेतका ६ र काठमाडौंका एकजना कोरोना संक्रमित थपिएका हुन् ।

रोल्पामा थप १४ जनामा कोरोना संक्रमण

रोल्पामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालमा जाच गरिएको परीक्षणमा सुनिलस्मृती ४, ७ र ८ वडामा ७ देखि ४४ वर्ष उमेरका ब्यक्तिहरुमा संक्रमण देखिएको हो ।

थपिए २ सय ५० संक्रमित

पछिल्लो २४ घण्टामा २ सय ५० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये २ सय ३० जना पुरुष र २० जना महिला छन्।

३ सय ५६ जना कोरोना संक्रमित विद्यालयमै

जेष्ठ पहिलो साता भारतमा खुलेको रेल सेवासंगै घर फर्किएहरुलाई दैलेखका विभिन्न विद्यालयमा उनीहरुलाई कोचाकोच राखियो। जसले गर्दा कोरोना भाइरस उच्च जोखिमका कारण संक्रमित ह्वातै बढे। अहिले त्यो संख्या दैलेखमा मात्र ३ सय ८६ जना पुगेको छ।

टीकापुरमा ३० श्ययाको अस्थायी कोरोना अस्पताल सञ्चालन

कोरोना सङ्क्रमण फैलिँदै गएपछि टीकापुरमा तयार गरिएको अस्थायी कोरोना अस्पताल आजदेखि सञ्चालनमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्