९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

पछिल्लो २४ घण्टामा १ सय ८७ जना कोरोना मुक्त

पछिल्लो २४ घण्टामा १ सय ८७ जना कोरोना मुक्त भएर घर फर्केका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म ८ सय ६१ जना कोरोना मुक्त भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा २ सय ५० जना संक्रमित थपिएका छन्।

कोरोनाका कारण १५ जनाको निधन भइसकेको छ। मन्त्रालयका अनुसार बिहीबारसम्म आरडीटी विधिबाट १ लाख ७५ हजार १४३ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट १ लाख १५ हजार ९३० परीक्षण भएको छ।  

 

 

प्रकाशित: २९ जेष्ठ २०७७ ११:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App