९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

कपिलवस्तुमा मात्र ६ सय १६ संक्रमित

कपिलवस्तुमा बिहीबार साँझसम्म ६ सय १६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार पछिल्लो २४ घन्टामा जिल्लामा ५० जना संक्रमित थपिएका छन् । जिल्लामा सबैभन्दा बढी यशोधरा गाउँपालिकामा एक सय ७९ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

त्यस्तै महाराजगन्जमा एक सय १८ जना, कृष्णनगर नगरापलिकाकामा ७१ जना, शिवराज नगरपालिकामा ५७ जना, मायादेवी गाउँपालिकामा ५३ जना, शुद्धोधन गाउँपालिकामा ३३ जनामा संक्रमण पुष्टि भएको छ । बाणगंगा नगरपालिकामा २३ जना, कपिलवस्तु नगरपालिकामा ३० जना, बुद्धभूमि नगरपालिकामा २९ जना र विजयनगर गाउँपालिकामा २२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुई सय १६ जना घर फर्कका छन् । 

प्रकाशित: २९ जेष्ठ २०७७ १९:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App