८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

पर्वतका स्थानीय तहद्वारा ७०० भिटिएम खरिद

भारत र तेस्रो मुलुकबाट आउनेको सङ्ख्या बढेपछि कोरोना परीक्षणको दायरा बढाउन पर्वतका स्थानीय तहले भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) खरिद गरेका छन्। नमूना सङ्कलन गरेर पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालासम्म स्वाब पठाउनका लागि भिटिएम खरिद गरिएको हो। पर्वतका सात स्थानीय तहले ७०० भिटिएम खरिद गरेका हुन्।

हरेक पालिकाले एक–एक सयका दरमा भिटिएम खरिद गरेको जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिए। उनका अनुसार धेरैजसो पालिकाले खरिद गरेका भिटिएम जिल्लामा आइसकेका छन्। जिल्लाको तथ्याङ्कअनुसार भारतबाट मात्रै दुई हजार १०० आउने र तेस्रो मुलुकबाट पाँच हजार ५०० जना फर्कने अनुमान गरिएको छ। प्रदेश र सङ्घीय सरकारसँग पनि कोरोना परीक्षणका लागि आवश्यक सामग्री माग गरी पठाइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए।

 पर्वतका स्थानीय तहको समानुपातिकरूपमा खर्च हुने गरी कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसमा ८० श्ययाको प्रिआइसोलेसन वार्ड तयार भएको छ भने यसअघि नै २० श्ययाको आइसोलेसन अस्पताल सञ्चालनमा आइसकेको छ। योसँगै आइसोलेसनको सङ्ख्या १०० पुगेको छ। कुश्मा र छिमेकी पालिकामा रहेका क्वारेन्टिनको खर्चसमेत पालिकाले नै व्यहोर्दै आएका छन्।

प्रकाशित: ३० जेष्ठ २०७७ ०४:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App