१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना संक्रमणबाट एकको मृत्यु, संक्रमितको संख्या ५ हजार ६२ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट १६ औं व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँचीका एक ५७ वर्षिय पुरूषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । जिल्लाको मालारानी क्वारेन्टिानमा रहेका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी घर फर्किने क्रममा उनको बाटोमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।  योसंगै नेपालमा मृतकको संख्या १६ पुगेको छ । जेठ २९ गते भैरहवामा भएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनी भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका थिए । उनको अर्घाखाँचीमै अन्तेष्टि गरिने भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । प्रवक्ता गौतमका अनुसार शुक्रबार एकैदिन ४ सय ४८ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको हो । जसमा ४ हजार ७ सय  ९ जना पुरुष र ३ सय ५३ जना महिला रहेका छन् । विराटनगर अस्पतामा गरिएको परीक्षणमा ९ जना, शिक्षण अस्पतालमा गरीएको परीक्षणमा १० जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा ८ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका १ जनामा कोरोना पोजेटिभ देखिएको उनले बताए । यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ जना, कोसी अस्पतालमा भएको परीक्षणमा १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा ३७ जना र भेरी अञ्चल अस्पताल प्रयोगशालामा १६ जनामा कोरोना पोजेटिभ देखिएको हो । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २३, धुलिखेल अस्पतालमा ८ जना, राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान दाङमा ८ जना, प्रदेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा ८३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २४ जनामा पोजेटिभ दखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक सय ४१ जनाको पोजेटिभ आएको छ ।

सरकारले पीसीआर परीक्षणको विधिलाई पछिल्लो समय तिव्रता दिएको छ । पछिल्लो २४ घण्टामा करिब ६ सय जनाको पीसीआर परीक्षण भएको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ९ सय २५ र आरडिटी विधिबाट ९ हजार ९ सय ९ जनाको नमुना परीक्षण भएको छ । अहिलेसम्म पीसीआर विधिबाट एक लाख २१ हजार ८ सय ६२ र आरडिटी विधिबाट १ लाख ८८ हजार ५२ जनाको नमुना परीक्षण भएको छ । अहिले देशभरीका क्यारेन्टिनमा एक लाख ५८ हजार ५० जना रहेका छन् । आइसोलेसनमा ४ हजार १ सय ६९ जना उपचाररत रहेका छन् । शुक्रबार १६ जना डिस्चार्ज भएसँगै आजसम्म ८ सय ७७ जना डिस्चार्ज भएका छन् । 

प्रकाशित: ३० जेष्ठ २०७७ ११:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App