२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोनाका विरुद्धको लडाइँमा सरकार उल्टो दौडमा: राहुल गान्धी

भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोरोना विरुद्धको लडाईँका लागि सही बाटोमा नहिडेको बताएका छन्। उनले सरकारले अहिले उल्टो दौडमा रहेकोले देशमा कोरोना विरुद्धको महामारी जित्न नसकिने बताएका हुन्।  

भारतमा शुक्रबार सबैभन्दा बढी कोरोना संक्रमित भेटिएसँगै आफ्नो ट्वीटर अकाउन्टमा यस्तो प्रतिक्रिया दिएका हुन्। भारतमा शुक्रबारदेखि शनिबार बिहानसम्मको २४ घन्टाको अवधिमा मात्र ११ हजार ४५८ जना संक्रमित भेटिएका छन्। यो नै भारतमा २४ घन्टाको अवधिमा सबैभन्दा बढी संक्रमित भेटिएको घटना हो।

एक दिनमा भएका संक्रमितका यो संख्या सार्वजनिक भएसँगै काँग्रेसका नेता गान्धीले सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने बाटो नलिएको र यो उसको उल्टो दौड भएको बताएका हुन्।

उनले यसअघि पनि सरकारको आलोचना गर्दै आएका छन्। उनले हाल सरकारले जारी राखेको लकडाउन असफल भएको टिप्पणी पनि गरेका छन्।  

भारत सरकारले लिएको यस लकडाउनको नीतिले भारतमा कोरोना भाइरसको संक्रमण रोक्न नसकेको आरोप उनको थियो।  उनले संक्रमितहरु दिनप्रति दिन बढ्दै गएका तर सरकारले लकडाउनको नीतिलाई राम्रोसँग पालना गराउन नसकेको आरोप सरकारमाथि लगाएका छन्।  

उनले पछिल्ला दिनहरुमा भारतमा हरेक दिन १० हजारभन्दा बढी नै संक्रमितहरु थपिने गरेकोले सरकार यो महामारी रोक्न सक्ने गरी काम नगरेको र सरकार असफल भएको बताए।  

उनले भारतमा पनि अमेरिका र बेलायतको जस्तो महामारीको अवस्था आउने कुरा पछिल्ला तथ्यांकहरुले देखाएको धारणा राखेका छन्।  

उनले यहाँको महामारी रोक्न नसकेपछि अब सरकारले अरु विकल्पहरु रोज्नुपर्ने पनि ट्वीटमार्फत सुझाएका छन्। भारतमा शनिबार बिहानसम्म ४ लाख ८ हजार ९९३ जना संक्रमित भएका छन्। यस महामारीबाट यहाँ ८ हजार ८८४ जनाको ज्यान गएको छ। 

प्रकाशित: ३१ जेष्ठ २०७७ ०७:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App