१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कोरोना भाइरस महामारी सावधानी अपनाउँदै बलिउड

कोरोना भाइरस महामारी नियन्त्रण र रोकथामको लागि गरिएको लकडाउन खुकुलो भएपछि बलिउडपुरानो अवस्थामा फर्कन केही समय लाग्ने अनुमान गरिएको छ । बलिउड ग्ल्यामर, कलाकार, चम्किला भेषभूषा र दमदार नृत्यका कारण चर्चित छ ।  

कोरोना भाइरस महामारीपछिको बलिउडमा सामूहिक नाच, स्पर्श र भीडभाडका दृश्यहरूलाईलिएर फिल्मकर्मीहरूले सावधानी अपनाउनु पर्नेछ । कारण कोरोना भाइरसको जोखिम कम गर्न सामाजिक दूरी कायम गर्नुपर्ने हुन्छ ।महाराष्ट्रको सांस्कृतिक विभागले फिल्म निर्माताहरूलाई तोकिएको निर्देशिकाको अनुसरण गर्दै फिल्म सुटिङ गर्न आदेश दिइसकेको छ । सरकारले १६ पृष्ठ को निर्देशिका जारी गरेर फिल्मको सुटिङको अनुमति दिएको थियो । 

नयाँ निर्देशिकाअनुसार फिल्म सुटिङमा कलाकारबाहेक ३३ जनासम्मको प्राविधिक टोली सहभागी हुन पाउनेछन् । फिल्म सुटिङमा उपस्थिति प्राविधिक र कलाकारहरूका लागि अनिवार्य शरीरको तापक्रम जाँच्न गर्न एम्बुलेन्स र चिकित्सक टोली हुनुपर्ने मापदण्ड तोकिएको छ ।

विभिन्न फिल्म युनिटहरू सुटिङमा जाने तयारीमा लागि सकेका छन् । लकडाउनअघि ‘भुल भुलैया’, ‘पृथ्वीराज’, ‘अत्रंगी रे’, ‘निकम्मा’, ‘मैदान’ र ‘गंगुबाई काठियावाडी’  फिल्महरूको सुटिङ भइरहेको थियो ।  

तर केही अवधिका लागि फिल्मका दृश्यहरू खिच्नको लागि समस्या हुने भएको छ । सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले कलाकारहरूसँग सम्बन्धित दृश्यहरू समावेश गर्न नपाइने भएको छ । यसअघिका फिल्ममा समावेश नाचहरूमा देखिने २० देखि ३० डान्सरहरूबिना सामाजिक दुरी कायम राख्दै कलाकारहरू देखिनेछन् । ‘पुरानो शैलीमा फिल्मको सिनेम्याट्रिक फर्कन समय लिन्छ,’ निर्माता सञ्जय सुरीले भने, ‘तत्काल म फिल्मको पसिना र सामाजिक दुरीबिनाको नाचको कल्पना गर्न सक्दिन् ।  हामीले सतर्कता अपनाएर कार्यशैलीलाई पुनर्जीवित गर्नुपर्नेछ ।’  

कोरोना भाइरस महामारीपछिको बलिउडमा सामूहिक नाच, स्पर्श र भीडभाडका दृश्यहरूलाई लिएर फिल्मकर्मीहरूले सावधानी र सामाजिक दुरी कायम राखेर फिल्म सुटिङ गर्नुपर्नेछ । फिल्म सुटिङमा उपस्थिति प्राविधिक र कलाकारहरूका लागि अनिवार्य शरीरको तापक्रम जाँच्न गर्न एम्बुलेन्स र चिकित्सक टोली हुनुपर्ने मापदण्ड तोकिएको छ ।

२.५ बिलियन डलरको भारतीय फिल्म उद्योग, जहाँ १५ सयभन्दा बढी हिन्दी फिल्महरू उत्पादन गर्दछ । सो उद्योग पुनः सञ्चानलमा आउँदैछ । ‘मनोरञ्जन र फिल्महरू हाम्रो राष्ट्रको जीवनशैलीमा चल्दछन्,’ निर्माता विक्रम मल्होत्राले भने, ‘हाम्रो राष्ट्रको फिल्म उद्योग र मानिसबीचको सांस्कृतिक सम्बन्ध अत्यन्त गहिरो छ र पुस्तौंदेखि यस्तै रहेको छ । फिल्महरू हेर्नु र फिल्मका कलाकारहरूका बारे छलफल गर्नु हाम्रो राष्ट्रिय टाइमपास होर भारतमा आधा दर्जनभन्दा बढी फिल्मका कलाकारहरूको मन्दिरहरू निर्माण गरिएका छन् । देवीदेवताहरू जस्तै ती फिल्म स्टारहरूको फ्यानहरूले नियमित पूजाआजा गर्दछन् ।’  

लकडाउनअघि दैनिक १५ मिलियन भारतीयहरूले फिल्म हल पुग्ने गरेका थिए । जुन भारतको कुल जनसंख्याको एक प्रतिशतभन्दा बढी हो । प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २५ देखि भारतलाई लकडाउन घोषणा गरेसँगै फिल्म हलदेखि यसका गतिविधिहरू ठप्प गराइएका थिए ।  

बलिउडले मात्र बक्स अफिसको बिक्रीमा सय मिलियन डलरभन्दा बढी आम्दानी गुमाएको थियो । उद्योगसँग आवद्ध पाँच लाखभन्दा बढी मजदुरहरूले रोजगारी गुमाएका थिए ।  

लकडाउनले गर्दा अभिनेत्री विद्या बालनको फिल्म निर्माण स्थगितको भएको थियो । ‘केही समयको लागि नयाँ निर्देशनहरूसामान्य हुन गइरहेको छ,’ उनले भनिन्, ‘अहिलेको कठिन समयमा एकले अर्कोलाई मद्दत गर्नु जरुरी छ । केही समयपछि सबै सामान्य भएर काममा फिर्ता हुने अनुमान गरिहेको छु ।’  

कोरोना भाइरसको जोखिम कम गर्न लकडाउन गरिएसँगै भारतको अनुमानित ९५ सय फिल्म हल विगत दुई महिनादेखि  

बन्द गरिएका छन् । भारतको मल्टिप्लेक्स संघले आगामी जुन ३० देखि फिल्म हलहरू पुनः खोल्न केन्द्रिय सरकारसँग अनुमति मागेको छ । तर फिल्म हलहरू फेरि कहिले खुल्ने भनेर अन्यौलता सिर्जना भएको छ ।

कोरोना भाइरस महामारीबाट बलिउडलाई उकास्न अनलाइन स्ट्रिमिङ प्लेटफर्म फिल्महरू रिलिज भइरहेका छन् ।‘गुलाबो सिताबो’ र ‘शकुन्तला देवी’ सहित सात फिल्मका निर्माताहरूले अमेजनसँग सम्झौताका थिए । भारतको बढ्दो अनलाइन दर्शकहरूको लागि बलिउड ठूलो आकर्षण मानिन्छ ।

प्रकाशित: ३१ जेष्ठ २०७७ ०८:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App