७ वैशाख २०८१ शुक्रबार
समाज

बुटवलमा भेन्टिलेटरमा उपचारत युवाले जिते कोरोना

भेन्टिलेटरमा उपचारत कपिलबस्तुका एक २२ बर्षिय यूवा कोरोना मुक्त भएर घर फर्किएका छन । नेपालमै पहिलो पटक भेन्टिलेटर (संघन उपचार कक्ष) मा  उपचार गरेर कारोना जित्न सफल भएको अस्पतालले दावी गरेको छ ।  कोरोना संक्रमणका कारण गम्भिर अवस्थामा जेठ १४ गते बुटवल स्थित कोरोना बिशेष अस्पतालमा भर्ना गरिएको थियो ।  

श्वासप्रश्वासमा गम्भिर समस्या देखिएका कोरोना संक्रमित २२ वर्षिय युवा बालगोपाल कहारलाई निको भएपछि विदाई गरिएको कोरोना बिशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । ‘निकै गम्भिर अवस्थामा हामीले भर्ना गरेका थियौं, समयमै भेन्टिलेटरमा राखेर उपचार गर्न पाएकाले निको भयो’ डा. थापाले भने । स्थानीय क्वारेन्टाइनमा सिसिआर परिक्षण गर्दा पोजिटिभ देखिएको थियो ।  

दोस्रो परिक्षणमा नेगेटिभ रिपोर्ट आएपछि अस्पतालले शुक्रबार घर पठाएको डा. थापाले बताए । कोरोना संक्रमण देखिएका बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गरेर निको हुुनुलाई स्वास्थ्यकर्मीहरुले सफता मानेका छन । लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा. थापाले अन्य रोगीको जस्तै भएपनि कोरोना संक्रमित विरामीको उपचारमा स्वास्थ्यकर्मीहरुले सावधानी अपनाउनुपर्ने बताए ।

प्रकाशित: ३० जेष्ठ २०७७ १४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App