८ वैशाख २०८१ शनिबार

ताप्लेजुङ कोरोना मुक्त

पछिल्लो पटक सङ्क्रमित भइ होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ आएसँगै जिल्ला कोरोना मुक्त जिल्ला भएको हो।

रसुवा कोरोना मुक्त

रसुवा शुक्रबारदेखि कोरोना मुक्त भएको छ । जिल्लाका सबै कोरोना संक्रमित निको भएसँगै जिल्ला कोरोना मुक्त भएको हो ।

रसुवामा १० जना कोरोना संक्रमित निको भए, एक जना थपिए

रसुवामा शुक्रबार थप एक जना कोरोना संक्रमित निको हुँदा एक जना थपिएका छन् । शुक्रबार कालिका गाउँपालिका–३ का २६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

सिराहाबाट ३२ जना डिस्चार्ज

कोरोना संक्रमण मुक्त भइ सिराहाको दुईवटा कोभिड अस्पतालबाट ३२ डिस्चार्ज भएका छन। जिल्ला कोभिड अस्पताल सिराहा र महेन्द्र गेनाई अस्पताल धनगढीमाइको आइसोलेसनमा उपचारपछि आइतबार ३२ जना घर फर्केका हुन्।

सिन्धुपाल्चोकमा चारले जिते कोरोना

कोरोना भाइरस संक्रमित भइ आइसोलेसनमा उपचाररत थप दुई निको भएर शुक्रबार घर फर्केका छन् । योसमेत जिल्लामा कोरोना जित्नेको संख्या चार पुगेको छ ।

एकैदिन ७० जना कोरोना मुक्त

प्रदेश १ मा एकैदिन ७० जना कोरोना मुक्त भएर घर फर्किएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार प्रदेश १ का विभिन्न जिल्लाका ७० जना कोरोना मुक्त भएर घर फर्किएका हुन् ।

कोरोना संक्रमणबाट एकैदिन ३ सय ७० जना निको भए

सोमबार एकैदिन ३ सय ७० जना कोरोना संक्रमणबाट निको भएका छन् । निको भएका उनीहरु देशभरिका बिभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । निको हुनेमा ३२ जना महिला र ३ सय ३८ जना पुरुष रहेका छन् । सोमबार निको भएकासहित निको हुनेको संख्या २ हजार १ सय ४२ जना पुगेका छन् । ती मध्येमा १ सय ६१ महिला र १९ सय ६१ पुरुष छन् । एकैपटक धेरै जना डिस्चार्ज भएको पहिलो पटक रहेको यस अघिका तथ्यांकले औल्याएका छन् ।

प्रदेश १ : कोरोनालाई जितेर एकैदिन फर्के ४० जना

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ उपचार केन्द्रबाट ४० जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् । कोरोना भाइरस मुक्त भएका ४० जनालाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेशसभा सदस्य लोकप्रसाद संग्रौला, राजकुमार ओझा, सुन्दरहरैँचाका प्रमुख शिव ढकाललगायतले बिहीबार उनीहरूलाई फूल दिएर अस्पतालबाट बिदाइ गरे ।

वीपीबाट झापाका ४ जना संक्रमित डिस्चार्ज

आज डिस्चार्ज हुने चारै जना झापा जिल्लाका हुन् । उनीहरु बर्ष २२ देखि ३५ उमेर समुहका भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानबाट निको भएर हालसम्म ११४ जना डिस्चार्ज भइसकेका छन् । ‘उहाँहरुको पिसिआर जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो, ’ डा.सापकोटाले भने ।

वीपी प्रतिष्ठानबाट तीन जना संक्रमित निको भएर डिस्चार्ज

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन जना कोरोना संक्रमित व्यक्तिहरु निको भएर आज डिस्चार्ज भएका छन् । प्रतिष्ठानका अनुसार डिस्चार्ज भएकाहरु तेह्रथुम, धनकुटा र सुनसरीका छन् । उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

बुटवलमा भेन्टिलेटरमा उपचारत युवाले जिते कोरोना

भेन्टिलेटरमा उपचारत कपिलबस्तुका एक २२ बर्षिय यूवा कोरोना मुक्त भएर घर फर्किएका छन । नेपालमै पहिलो पटक भेन्टिलेटर (संघन उपचार कक्ष) मा उपचार गरेर कारोना जित्न सफल भएको अस्पतालले दावी गरेको छ । कोरोना संक्रमणका कारण गम्भिर अवस्थामा जेठ १४ गते बुटवल स्थित कोरोना बिशेष अस्पतालमा भर्ना गरिएको थियो ।

वीपीबाट २८ जना संक्रमित निको भएर डिस्चार्ज भए

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उपचाररत २८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।

चिन्तित हुँदै क्वारेन्टिनमा छिरे, खुसी हुँदै घर फर्किए

पहिलो पटक कर्णाली प्राविधिक शिक्षालय जुम्लामा निर्माण गरिएको क्वारेन्टिनमा छिर्दा भारतबाट आउने सबैको मनमा एउटै त्रास थियो, ‘अब बाँचिन्न होला । बिरामी भइन्छ । सबैले अपहेलना गर्लान् । जिल्ला भित्र प्रवेश गर्दा पनि घरमा जान पाउँदैनौं होला ।’ तर १४ दिन अघि निकै निराश मन र चिन्तित मानिसकता लिएर जिल्लास्तरीय क्वारेन्टिनमा छिरेका यहाँका १ सय १९ जना निकै खुसी हुँदै घर फर्किएका छन् ।

शनिबार ३२ जनाले कोरोनालाई जितेर फर्के

कोभिड-१९ लाई अहिलेसम्म ३ सय ६५ जनाले जितेका छन् । संक्रमित बढेसँगै दैनिक कोभिड– १९ बाट निको भएर घर फर्कनेका संख्या पनि वृद्धि हुँदै गएको छ। अहिलेसम्म ७० जिल्लामा तीन हजार २३५ संक्रमित पृष्टि भएका छन् । आजै मात्र ३२ जनाले जितेर घर गएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्