८ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रदेश १ मा १४ जना डिस्चार्ज

प्रदेश १ बाट कोरोना जितेर १४ जना डिस्चार्ज भएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार कोरोना संक्रमण मुक्त भएर १४ जना डिस्चार्ज भएका हुन् ।

सोमबार १२१ डिस्चार्ज, डिस्चार्ज हुनेको संख्या ३१३४

कोरोना भाइरसको संक्रमणबाट शनिबार एक सय २१ जना डिस्चार्ज भएका छन् । यो संगै डिस्चार्ज हुनेको संख्या तीन हजार एक सय ३४ जना पुगेकाे छ । जसमा दुई सय ६८ महिला र दुई हजार आठ सय ६६ पुरुष छन् ।

कोरोनाबाट थप एकजनाको मृत्यु, मृतकको संख्या २९

कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा रौतहटका ३० वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् ।

थप चार सय ७६ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार थप चार सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको हाे ।

प्रदेश ५ : कोरोना संकटबीच राष्ट्रिय धान दिवस मनाइयो

कोरोना महामारीका बीच प्रदेश न. ५ सरकारले १७ औं धान दिवस मनाएको छ । रुपन्देहीको तिलोत्तमा १० कान्छीबजारमा सोमबार कृषि विकास निर्देशनालय प्रदेश नं. ५ ले रोपाई गरेर धान दिवस मनाएको हो । उक्त अवसरमा बोल्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कोरोना महामारीले कृषिको महत्वलाई उजागर गरेको बताउँदै किसानलाई प्रोत्साहन गर्ने नीति लिएको बताईन ।

सुर्खेतमा शुक्रबारदेखि कोरोना परीक्षण बन्द

कर्णाली प्रदेश राजधानी सुर्खेतमा विश्वभरि फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको परीक्षण रोकिएको छ। शुक्रबारदेखि पिसिआर मेसिनमा खराबी आएपछि परीक्षण रोकिएको हो।

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ४ हजार भन्दा बढीको मृत्यु

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४ हजार ४९१ पुगेको छ।

संकटमा सम्झिने गाउँ र भोकको आगो

संकटका बेला देश सम्झनु वा गाउँ सम्झेर फर्कनु भनेको दुःख परेका बेला आमाको आँचलमा लुटपुटिएर आँसु खसाल्नुजस्तै हो । साँच्चै भन्ने हो भने गाउँ र आमा उस्तै उस्तै हुन्, आफ्ना सन्तानलाई शीतल छहारी दिने । त्यसैले यी दुवैलाई उचित स्याहार गर्न सकेमा दुवै सुख/दुःखका छहारी बन्न सक्छन् ।

ललितपुरमा एक जना कोरोना संक्रमित पुरूषको मृत्यु

ललितपुरस्थित स्टार हस्पिटलमा उपचाररत २९ वर्षीय एक पुरुषको मृत्यु भएको छ। गएराति उपचारकै क्रममा मृत्यु भएका उनको स्वाव परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएको हो । उनलाई श्वास–प्रश्वासमा समस्या भएपछि स्टार हस्पिटलको आईसियूमा भर्ना गरिएको थियो ।

विवादित बन्यो ‘कोरोना भाइरस रिमुभिङ कार्ड’

गत साता नेकपाले ‘कोरोना भाइरस रिमुभिङ कार्ड’ बियोन्ड द वाल ट्रेडिङ कम्पनीबाट खरिद गरेको थियो। प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको सभापति कल्याणी खड्काको छोरा विप्लव केसीको सो कम्पनीले चीनबाट ल्याएको सो कार्ड बिक्री गरिरहेको थियो।

१० खर्ब लगानीको भविष्य अन्योलमा

कोभिड १९ का कारण सरकारले चैत ११ देखि मुलुकमा लकडाउन गरेपछि यसले सबैजसो क्षेत्रमा धेरथोर असर गरेको छ। लकडाउन घोषणासँगै अत्यावश्यक सेवाबाहेकका उद्योगधन्दा, निर्माण क्षेत्र तथा अन्य व्यवसायमा असर पारेको छ। लकडाउनबाट धेरै प्रभावित क्षेत्रमध्ये एक हो– १० खर्ब लगानी भएको यात्रुबाहक सार्वजनिक यातायात।

कोरोना नियन्त्रण जिल्ला समिति भन्छ : मन्त्रालयले ढाँट्यो, मन्त्रालय भन्छ : ७७ जिल्लै संक्रमित

कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले आईतवार बिहानै एक बिज्ञप्तीमार्फत ‘ताप्लेजुङमा अहिले सम्म कोरोना संक्रमित फेला नपरेको भन्दै कोरोना संक्रमण नभएको जिल्लाको रुपमा रहन पाएकोमा खुसी छौं’ भनेको छ ।

सिराहाबाट ३२ जना डिस्चार्ज

कोरोना संक्रमण मुक्त भइ सिराहाको दुईवटा कोभिड अस्पतालबाट ३२ डिस्चार्ज भएका छन। जिल्ला कोभिड अस्पताल सिराहा र महेन्द्र गेनाई अस्पताल धनगढीमाइको आइसोलेसनमा उपचारपछि आइतबार ३२ जना घर फर्केका हुन्।

वीरगञ्जमा कोरोना मुक्त भएर २१ जना डिस्चार्ज

वीरगञ्जस्थित नारायणी अस्थाई कोभिड अस्पताल गण्डकबाट आइतबार पर्साका २१ जना कोरोनाको संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा पर्साका छ वटा बेग्लाबेग्लदै पालिकाका १८ जना पुरुष र ३ जना महिला रहेका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्