coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सिराहाबाट ३२ जना डिस्चार्ज

कोरोना संक्रमण मुक्त भइ सिराहाको दुईवटा कोभिड अस्पतालबाट ३२ डिस्चार्ज भएका छन। जिल्ला कोभिड अस्पताल सिराहा र महेन्द्र गेनाई अस्पताल धनगढीमाइको आइसोलेसनमा उपचारपछि आइतबार ३२ जना घर फर्केका हुन्।  

जिल्ला अस्पतालको आइसोलेसनमा सिराहा नगरपालिकाका सात, कल्याणपुर नगरपालिकाका पाँच, नरहा गाउँपालिकाका पाँच र झापाको बिर्तामोडका एकजना गरी १८ जना डिस्चार्जपछि घर फर्केका छ्न।

त्यसैगरी महेन्द्र गेनाई मेटरनिटी अस्पतालबाट सिराहा नगरपालिका क्षेत्रका नौ, बरियारपट्टी गाउँपालिकाका एक, सुखिपुर नगरपालिकाका एक, गोलबजार नगरापलिकाका एक, विष्णुपुर गाउँपालिकाका एक र कर्जन्हा नगरपालिका एकजना डिस्चार्ज पछि घर फर्केका छन।  

दोस्रोपटकको पिसिआर जाँचको रिपोर्ट शनिबार नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको जिल्ला अस्पताल प्रमुख डा. नागेन्द्र यादवले बताए।

कोरोना जितेर घर फर्किनेहरू सबै भारतको विभिन्न सहरबाट घर फर्किएकाहरू रहेको र उनीहरूलाई सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पस र नगरपालिकाहरूले स्थापना गरेको क्वारेनटाइनमा राखिएको थियो।

जिल्ला अस्पतालको आइसोलेसनमा एकजना, चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा ७६ जना र महेन्द्र गेनाई मेटरनिटी अस्पतालमा २८ जना गरी एक सय पाँचजना कोरोना संक्रमित अझै उपचाररत रहेका छन्।

 

प्रकाशित: १४ असार २०७७ १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App