coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

संक्रमितको गाउँ सिल

कोरोना संक्रमित फेला परेपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केही क्षेत्र सिल गरिएको छ । भारतबाट आएका १८ वर्ष र साउदीअरबबाट आएका ३८ वर्षीय पुरुषलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएम)को सोमबार बसेको बैठकले अल्छेढुंगा हुँदै बेँसीटोल, नेर्पा जाने बाटोको डाँडागाउँ साकेलाथानसम्मको दायाँ–वायाँ सय मिटर क्षेत्रभित्र सिल गर्ने निर्णय गरेको हो । 

अर्को व्यवस्था नभएसम्मका लागि तोकिएको क्षेत्रमा प्रवेश गर्न वा बाहिरिनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी एबं जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक शालिग्राम शर्मा पौडेलले बताए । पिसिआर परिक्षण गरेर आएका ३८ वर्षीय पुरुष पाँच दिन मात्र क्वारेन्टिनमा बसेर घर पठाइएकाले गाउँ सिल गर्नुपरेको हो ।  

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि बैठकले अर्को व्यवस्था नभएसम्मका लागि दिक्तेलबजारमा बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र अत्यावश्यक खाद्यान्न तथा तरकारीको पशल खुला गर्न पाउने निर्णय गरेको छ । औषधि पशल चौबिसै घण्टा खुला हुने छन् भने अन्य कपडा, स्टेशनरी लगायतका व्यापार व्यवसाय नखुल्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । यस्तै, दिक्तेलबजारमा कुनै पनि निकायबाट घर–घरमा पुगेर प्रवाह गरिने सेवा बन्द गर्ने निर्णय गरिएको छ ।  

बैठकले सम्वन्धित स्थानीय तहले प्रहरीसँगको सहकार्यमा संक्रमित व्यक्तीहरुको सम्पर्कमा पुगेका व्यक्तीको कन्ट्याक्ट ट्रेसिङ एण्ड ट्रेकिङ गर्ने निर्णय गरेको छ । संक्रमित दुई पुरुषलाई सोमबार पूर्वाञ्चल विश्वविद्यालय मोरङको गोठगाउँस्थित आइसोलेसन उपचार केन्द्रमा र महिलालाई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए ।  

यस्तै, कोरोना संक्रमण भएकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी ३० वर्षीया महिलालाई पनि उपचारमा पठाउने तयारी भइरहेको छ । संक्रमण भएको पूष्टी भएपछि उनलाई छुट्टै राखेर परिवारका सदस्यको पिसिआर परीक्षणको तयारी भइरहेको ऐसेलुखर्क गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले बताए । 

प्रकाशित: १५ असार २०७७ १३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App