७ वैशाख २०८१ शुक्रबार
रामेश्वरी पन्त


रामेश्वरी पन्तका लेखहरु :

न्यायभूमि कि रंगभूमि?

नेपालको न्याय क्षेत्रमा राजनीतिको ढल कसरी प्रवाह भयो? यो प्रश्नको जवाफ खोज्नु आजको परिवेशमा अत्यन्त आवश्यक भएको छ।

यसरी पनि हुन्छ परिवर्तन

राजनीतिक परिवर्तन जस्तो नारा, जुलुस गरेर र तोडफोडमा उत्रेर एकैपटक संस्कार र संस्कृतिमा परिवर्तन ल्याउन सकिँदैन।

संकटमा सम्झिने गाउँ र भोकको आगो

संकटका बेला देश सम्झनु वा गाउँ सम्झेर फर्कनु भनेको दुःख परेका बेला आमाको आँचलमा लुटपुटिएर आँसु खसाल्नुजस्तै हो । साँच्चै भन्ने हो भने गाउँ र आमा उस्तै उस्तै हुन्, आफ्ना सन्तानलाई शीतल छहारी दिने । त्यसैले यी दुवैलाई उचित स्याहार गर्न सकेमा दुवै सुख/दुःखका छहारी बन्न सक्छन् ।

मन्त्रीले ‘यौनकर्मी’ भन्दा पनि चुप बस्ने?

बङ्गलादेशमा डाक्टर पढ्न गएका छोरीहरूप्रति एकजना अस्पताल सञ्चालक र एकजना राज्यको जिम्मेवार बहालवाला कानुनमन्त्रीले लगाएको संगीन आरोप सुनेर अपमान, लज्जा र आक्रोशको पसिनाले निथ्रुक्क भिज्दै यो लेख लेख्न खोज्दै छु।

महिलालाई मात्र आएको लोकतन्त्र !

भर्खरै एउटा संस्थाले गरेको अध्ययनअनुसार विदेश जानेका ६० प्रतिशत श्रीमतीमा मानसिक स्वास्थ्य समस्या रहेको प्रतिवेदन प्रकाशित भएको छ। उक्त अध्ययनले निकालेको निष्कर्ष लगभग आम नेपाली समुदायमा देखापरेको अहिलेको गम्भीर समस्या हो। आज प्रायः हरेक परिवारको कोही न कोही सदस्य विदेश गएकै छ । भर्खर युवा अवस्थामा प्रवेश गरेको होस् वा वयस्क, पढ्न वा पैसा कमाउन विदेश जानुपर्ने कुरा संस्कारजस्तै बनेको छ।

बलात्कार : नयाँ ऐन पनि उस्तै

हरेक दिनजसो बलात्कारका घृणित समाचार सुनिरहँदा मानव हुनुमा लज्जाबोध हुन्छ। चार वर्षकी अबोध बालिकादेखि ७५ वर्षकी वृद्धासम्म बलात्कारीको शिकार भएका खबरले यस्तो लागिरहेछ– नेपाल अब बुद्धभूमि नभएर बलात्कारी जन्माउने उर्बर भूमि बन्दै गइरहेको छ।

सही संस्कृतिको झूट व्याख्या

स्त्रीजातिकै अपमान हुने गरी बनाइएका कष्टपूर्ण मान्यता र लेखिएका कथामा परिमार्जन र पुनर्व्याख्या आवश्यक छ। नत्र भोलिका हाम्रा सन्ततिहरूले यो विशिष्ट पर्व 'तीज'लाई 'बकवास' सम्झेर इतिहासको गर्तमा थन्क्याउन बेर छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्