coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुर्खेतमा शुक्रबारदेखि कोरोना परीक्षण बन्द

कर्णाली प्रदेश राजधानी सुर्खेतमा विश्वभरि फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको परीक्षण रोकिएको छ। शुक्रबारदेखि पिसिआर मेसिनमा खराबी आएपछि परीक्षण रोकिएको हो।

परीक्षण रोकिएपछि संकलन गरिएका स्वाब फ्रिजमा राखिएको छ। तापक्रम मिलाएर राखिएकाले उक्त स्वाब सुरक्षित रहने स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। मेसिन बिग्रिएपछि नेपालगन्जबाट प्राविधिक टोली बोलाइएको थियो। उक्त टोलीले पनि समस्या समाधान गर्न नसकेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले जानकारी दिए। 

मेसिन मर्मतका लागि काठमाडौंको प्राविधिक टोलीसँग समन्वय भइरहेको उनको भनाइ छ। सुर्खेतमा दैनिक तीन सय जनासम्मको स्वाब परीक्षण हुँदै आएको थियो। अहिले रोकिँदा स्वाब थुप्रिँदै गएको स्वास्थ्य सेवा निर्दशनालयले जनाएको छ। करिब ६ देखि आठ सयसम्म स्वाब परीक्षण गर्न बाँकी रहेको र अरु संकलन भइरहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रयोगशाला संयोजक आचार्यले जनाए।

सुरुमा किनिएको सानो पिसिआर मेसिन पनि बन्द छ। सरकारले उक्त मेसिन बन्द गर्ने निर्देशन दिएपछि उक्त मेसिन बन्द गरिएको उनको भनाइ छ। कर्णालीमा हालसम्म एक हजार चार सय २६ जनामा कोरोना भाइरस देखिएको छ।

प्रकाशित: १५ असार २०७७ ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App