२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

थप चार सय ७६ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार थप चार सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको हाे । 

याे संगै कुल सं‌क्रमितको संख्या १३ हजार २४८ पुगेको छ । जसमध्ये पुरुष ११ हजार ६ सय ६२ र महिला १५८६ रहेका छन् । आज एक सय २१ जना उपचारपछि निको भएर घर फर्केका छन् यो संगै डिस्चार्ज हुनेको संख्या तीन  हजार एक ३४ जना पुगेको छ । जसमा दुई सय ६८ महिला र दुई हजार आठ सय ६६ पुरुष छन् । 

प्रकाशित: १५ असार २०७७ १०:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App